• १८ वैशाख २०८१, मङ्गलबार

कैलाश मानसरोवर जाने पर्यटक नेपालगन्ज पुग्ने क्रम बढ्यो

blog

माउन्टेन फ्लाइटबाट देखिएको कैलाश मानसरोवरको दृश्य। तस्बिर सौजन्य : केशव न्यौपाने

सिराज खान 

नेपालगन्ज, वैशाख ४ गते। नेपालगन्जबाट हवाई जहाजमार्फत कैलाश मानसरोवर दूरदर्शनको व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम बढेको छ । 

नेपालगन्जबाट कैलाश मानसरोवर दर्शन गराउने उदेश्यका लागि सुरु गरिएको माउण्टेन फ्लाइटको प्रचारप्रसार बढ्दै जाँदा भारतीय पर्यटक आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो। 

मंगलबार मात्रै २५० बढी भारतीय दर्शनार्थी कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगन्ज पुगेको हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताउनुभयो। 

माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शनको अझै पनि भारतमा धेरै प्रचार प्रसार हुन नसकेको पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठको भनाइ छ। 

अझै यो महिनामा धेरैजना भारतीय पर्यटक नेपालगन्ज पुग्ने जानकारी विभिन्न पर्यटन व्यवसायीद्वारा जानकारी पाएकोले आफूहरु निकै उत्साहित बनेको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो।