गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक
सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन् ।
पर्यटकको पर्खाइमा आकर्षक गन्तव्य मुठाचौर
वरपर घना जङ्गल । बिचमा समथर भूभाग । कतै आलु त कतै सिमी लगाइएका बारी । पाखैभरि भर्खरै अङ्कुराएका आलुबारी । आलुबारी छेउमै काठ, ढुङ्गा र माटोले बनेका चिटिक्कका मौलिक घर । यहाँ पुग्ने जोकोहीलाई यो दृश्यले आकर्षित गर्छ । यो मुठाचौरको विशेषता हो ।
नेपालगन्जबाट ९ करोड बढीको पाठ्यपुस्तक बिक्री
प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले यस वर्षको शैक्षिक सत्रका लागि चैत मसान्तसम्म नेपालगन्ज कार्यालयबाट नौं करोड ६३ लाख ४८ हजार ७६४ रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकेको जानकारी दिनुभयो ।
नेपालगन्जको एक पसलमा चोरी
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिक रहेको बाइपास रोडको एक पसलमा आइतबार राति चोरी भएको छ ।
नौ महिनामा दुई सय १६ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।
स्तरोन्नतिको काम अन्तिम चरणमा
सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दाङको पहाडी क्षेत्र हाँसीपुर हुँदै प्रदेश राजधानी भालुवाङ जोड्ने बिपीमार्ग अन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल सडकखण्ड विस्तारसँगै स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । घोराही उपमहानगरपालिका–१, सिमलतारादेखि बङ्गलाचुली गाउँपालिकाको हाँसीपुरसम्मको करिब १७ किलोमिटर सडक स्तरोन्नतिको काम ९० प्रतिशत सकिएको प्रदेश सडक पूर्वाधार कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बङ्गलाचुली गाउँपालिकाको पहाडी क्षेत्रसँगै प्रदेश राजधानी क्षेत्रलाई जोड्ने गरी विस्तार भइरहेको सडकको काम चालु आर्थिक वर्षभित्र सक्ने गरी कार्य भइरहेको छ ।
माटोको ढिस्कोले पुरिदा दुई बालकको मृत्यु
दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –९ आन्द्रा भरैया निवासी १२ बर्षीया आशिष चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
कांग्रेस महामन्त्री थापासँग बाँकेका उद्योगी व्यवसायीको आर्थिक संवाद
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार बाँकेका उद्योगी, व्यवसायीसँग अहिलेको देशको आर्थिक अवस्था र त्यसमा गर्नुपर्ने सुधार लगायतका बारेमा संवाद गर्नुभएको छ।
बृजा खाना महोत्सवमा थारु कलाकारकाे रौनकता
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बक्लीपुरमा सञ्चालनमा रहेको बृजा ताल खाना महोत्सव तथा हस्तकला सामग्री प्रदर्शनीमा थारु कलाकारको प्रस्तुतिले रौनकता बढाएको छ ।
पाल्पा पुगे गोरखा-जितगढी पदयात्राका सहभागी
दोस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली आइतबार पाल्पा पुगेको छ । ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्द्धनका लागि नेपाली सेनाले गत चैत २७ देखि सुरु गरेको दोस्रो पदयात्रामा सहभागी सेनाको टोलीलाई रामपुर ३ केलादीमा भव्य स्वागत गरिएको छ ।
प्रदेशस्तरीय मेयरकप साइक्लिङको उपाधि बोहरा र बुढामगरलाई
प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगीको उपाधि पुरुषतर्फ देवबहादुर बोहरा र महिलातर्फ हुमी बुढामगरले जितेका छन्।
सीमास्तम्भ जोगाउन चुनौती
बाँकेका विभिन्न नदीनाला क्षेत्रको दसगजामा रहेका सीमास्तम्भ जोगाउन नेपाल भारत दुबै देशलाई चुनौती बनेको छ ।
'नयाँ वर्ष कांग्रेसका लागि पार्टी सुदृढीकरण गर्ने सुवर्ण अवसर'
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसले नयाँ वर्ष २०८१ लाई शुद्धीकरण र सुदृढीकरणको वर्षको रूपमा मनाउनु पर्ने बताउनुभएको छ ।
डा.महावीर पुनको ८० हजार थान पुस्तक बिक्री
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले अहिलेसम्म ८० हजार पुस्तक बिक्री गर्नुभएको छ । वीरगन्जको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आफ्नै आत्मकथा रहेको पुस्तक बेच्नका लागि पुन देशदौडाहामा लाग्नु भएको हो ।
राष्ट्रपति पौडेल सोमबार तनहुँ आउनु हुने
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ आउनुहुने भएको छ । म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुरस्थित खड्ग कालिका मन्दिरको उद्घाटनको लागि राष्ट्रपति पौडेल तनहुँ आउनु हुने भएको हो ।
राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सांसद डा. भण्डारी
हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो ।
आगलागी नियन्त्रणको द्विदेशीय अभ्यास
नेपालस्थित सशस्त्र प्रहरी बल (एपिएफ) र भारतस्थित सशस्त्र सीमा बल (एसएसबी) ले बिहीबार नेपालगन्जमा आगलागी नियन्त्रणका लागि संयुक्त अभ्यास गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेद्वारा आयोजित जानकी गाउँपालिका–१, पचपोखरास्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) मा सशस्त्र प्रहरी बल र सशस्त्र सीमा बलले आगलागी नियन्त्रणका लागि संयुक्त अभ्यास गरेका हुन् ।
सामुदायिक विद्यालयको नतिजा कमजोर
प्युठानका सामुदायिक विद्यालयको शैक्षिक स्थिति कमजोर देखिएको छ । कक्षा ८ को हालै प्रकाशित परीक्षाको नतिजाले जिल्लाका धेरै जसो विद्यालयको अवस्था नाजुक देखाएको हो । परीक्षामा सहभागी भएका सामुदायिक र निजी १३८ विद्यालयका पाँच हजार ३७३ जना विद्यार्थीमध्ये जम्मा एक हजार ७५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्रायः अङ्ग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी अनुत्तीर्ण भएका हुन् । प्राप्त नतिजाको विवरण अनुसार विद्यार्थीको सिकाइ उपलब्धि ३३ प्रतिशत पनि नाघेको छैन ।
गुइँठाको प्रयोग कायमै
लुम्बिनी प्रदेशका तराईका जिल्लामा अझै पनि खाना पकाउन गुइँठाको प्रयोग भइरहेको छ । तराईमा गाईभैँसीको गोबर गुइँठा बनाएर खाना पकाउन प्रयोग गर्ने घरपरिवारको सङ्ख्या अझै पनि उत्तिकै छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यास महँगो हुँदै गएको र त्यसको तुलनामा घरमा पालिएका गाईभैँसीको गोबरबाट गुइँठा बनाएर खाना पकाउँदा सस्तो हुने भएकाले खाना पकाउन गुइँठा प्रयोग भइरहेको हो ।
चैते धान रोपाइँमा किसान व्यस्त
दाङको बङ्गलाचुली गाउँपालिका–४, गहतेरा निवासी मुगा डाँगी अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवारलाई सुकाखोलाको पानीले सिञ्चित भएको करिब चार रोपनी जग्गामा धान रोप्दै हुनुहुन्छ । खाली समयमा बस्नुभन्दा पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान खेती रोप्दै आएको डाँगी बताउनुहुन्छ । चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान खेती गर्दै आएकी डाँगीले बर्खे धानको तुलनामा चैते धान राम्रो फल्ने बताउनुहुन्छ । अहिले रोपेको धानमा राम्रो धान लागेको हुन्छ, रोग केही पनि लाग्दैन ।
गुरुनानक दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन सिख समुदायको माग
नयाँ वर्ष २०८१ साल तथा खालसा सजना सिख धर्मको ३२५ औँ स्थापना दिवसको अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि उत्पादन बढ्यो
बाँके जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै गएको छ। सो परियोजना सञ्चालनमा आएपछि जिल्लाको खजुरा गाउँ पालिकामा कृषि बाली उत्पादन बढ्नुका साथै कृषकको जीवन स्तरमा सुधार आएको छ।
थारू हस्तकला प्रवर्धन गर्न बृजा ताल महोत्सव
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव सञ्चालन गरिएको छ ।
महोत्सवमा अतिथिलाई मायाको चिनो डोको र कुचो
मेला, सभा तथा समारोहको सुरुवातमा अतिथिलाई खादा, माला, टोपी र ब्याचले स्वागत गर्ने र अन्तिममा चिनो प्रदान गरी बिदाइ गर्ने प्रचलन हाम्रो समाजमा नौलो होइन। तर जिल्लाको निस्दी गाउँपालिकामा जारी दोस्रो महोत्सवमा फरक शैली प्रयोग भएको छ ।