लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : सात मन्त्रीद्वारा शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको सङ्ख्या ११ पुगेको छ ।
एकीकृत घुम्ती शिविरमा एक हजार बढीलाई सेवा
गुल्मीको काली गण्डकी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । यस गाउँपालिकाको वडा-७ भुर्तुङ्गस्थित दुर्गा भवन माध्यमिक विद्यालयमा एक दिन मात्र सञ्चालन गरिएको घुम्ती शिविरमा एक हजार ४४ जनाले सेवा लिएका हुन् ।
लुम्बिनीमा बिना विभागीय मन्त्री सातजना थपिए, आजै शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले थप ७ जना बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ।
निकुञ्ज क्षेत्रबाट विद्यालय जाने बाटो : जोखिममा विद्यार्थी
पछिल्लो समय वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन्।
भारततर्फ लैजाँदै गरेको खुकुरी चुरोट बरामद
भारतबाट भन्सार छलेर विभिन्न सामान नेपालतर्फ अवैध रुपमा आयात भइरहेका बेला नेपालबाट पनि अबैध रुपमा भारततर्फ नेपाली उत्पादन लैजाँदैगरेको भेटिएको छ । ठुलो परिमाणको खुकुरी चुरोट प्रहरीले नाका नजिकबाट बरामद गरेको छ ।
साढे चार लाख बराबरको अवैध चल्ला बरामद
बाँके प्रहरीले साढे चार लाख बराबरको अवैध भारतीय ब्रोइलर कुखुराका चल्ला बरामद गरेको जनाएको छ ।
जयेन्दु बालसुधार गृहमा बालबन्दी कोचाकोच
बाँकेको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा ठाउँ अभावले बालबन्दीहरुलाई कोचाकोच हुँदा समस्या भएको छ । बालसुधार गृहको क्षमता भन्दा धेरै बढी बालकहरू रहेकोले कोचाकोचको स्थितिमा बस्न बाध्य रहेको बालसुधार गृह व्यवस्थापनले जनाएको छ ।
सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ ।
गुल्मीमा सरसफाइ अभियान सुरु
बागमती नदी सरसफाइ अभियानका अभियन्ता नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेलले गृह जिल्ला गुल्मीमा पनि सरसफाइ अभियान सुरु गर्नुभएको छ ।
एमाले अर्थसहित गृह लिएर सरकारमा जाने
लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले)ले दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा पठाउने गरी मन्त्रीहरूको नाम सिफारिस गरेको छ । आचार्य भने यस अघि नै मन्त्री बनिसक्नु भएको छ तर उहाँको जिम्मेवारी भने अहिलेसम्म तोकिएको छैन ।
सल्यान बस दुर्घटना : थप एकको मृत्यु
सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ ।
ज्येष्ठ नागरिकको निःशुल्क उपचार
घोराहीमा रहेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट गत आठ महिनामा एक हजार बढी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ । संसद्को बिषयगत समितिको सभापति टुङ्गिएलगत्तै मुख्यमन्त्री महराले सरकार विस्तारको तयारी गर्नुभएको हो ।
हर्बल उद्योग परिसरमा आगलागी
बाँकेमा रहेको एक जडीबुटी प्रशोधन केन्द्रमा आगलागी भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं. ६, पिप्रहवास्थित जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार बिहानदेखि आगलागी सुरु भएको हो ।
बढ्यो नदीजन्य पदार्थको चोरीनिकासी
रुपन्देहीका विभिन्न नदीबाट बालुवा, गिट्टी, मिस्कट र ढुङ्गालगायतका नदीजन्य सामग्रीको चोरी निकासी बढेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विगत १० दिनको अवधिमा विभिन्न खोलामा खासगरी रातिको समयमा डोजर, टिप्पर र ट्याक्टरको प्रयोग गरी नदीजन्य सामग्रीको अवैध ओसारपसार बढेको छ । रुपन्देहीका पालिकाले अझै नदीजन्य सामग्रीको ठेक्का लगाइसकेका छैनन् । तस्करले त्यही मौकाको फाइदा उठाउँदै नदीजन्य पदार्थको चोरी निकासी बढाएका छन् ।
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
सम्राट सिमेन्ट उद्योगले करिब ६ करोड रुपियाँ विद्युत महसुल बुझाउन अनाकानी गरेपछि उद्योगमा जडान गरिएको विजुली काटिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिनुभएको छ।
‘जानकी साहित्य’ पुरस्कार भण्डारीलाई
किरण पुस्तकालय तम्घास गुल्मीले प्रदान गर्दै आएको ‘जानकी साहित्य’ पुरस्कारबाट यस वर्ष साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिने भएको छ।
पेट्रोलियम भण्डारण गृहको निर्माण प्रक्रिया सुरु
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु गरेको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमिन पुर्ने कार्यको थालनी गरिएको हो ।
तीर्थयात्रीका लागि आश्रम निर्माण
जिल्लाको रामपुर नगरपालिका–५, रामघाटमा आश्रम निर्माण गरिएको छ । कालीगण्डकी नदीको किनार धार्मिक तथा ऐतिहासिक स्थल रामघाट आश्रम निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
प्रजापतिले १५ औँ पटक छेडे जिब्रो
रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरूले जिब्रो छेडेर नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले १५ औँ पटक जिब्रो छेड्नुभयो ।
दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल
घोराही उपमहानगरपालिका-५ धर्नामा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो ।
दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।
लुम्बिनीमा संसदीय समितिले पाए नेतृत्व
लुम्बिनीमा डेढ वर्षपछि संसदीय समितिले नेतृत्व पाएको छ। तीन ठुला राजनीति दलले विषयगत समितिको सभापतिका लागि भागबन्डा गरेका हुन्। सत्तापक्ष र विपक्ष दलको बिचमा सभापति बाँडफाँड भएको हो ।
आगलागी हुँदा १५ बिघाको गहुँबाली जलेर नष्ट
बाँकेको जानकी गाउँपालिका २ नेवाजीगाउँमा आगलागीबाट १५ बिघाको गहुँबाली जलेर नष्ट भएको छ । एक्कासि खेतमा आगलागी हुँदा ११ जना किसानको १५ बिघामा लगाइएको गहुँबाली नष्ट भएको प्रहरी चौकी बेलभार बाँकेले जनाएको छ ।