निःशुल्क लोकसेवाको तयारी कक्षा
नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क लोकसेवा पूर्व तयारी कक्षा सञ्चालन गरेको छ ।
चल्यो तातो हावा, बढ्यो गर्मी
चर्को गर्मी र तातो हावाका कारण बाँके जिल्लाको नेपालगन्ज बजारको जनजीवन कष्टकर बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय इन्चार्ज मीना शिवाकोटीका अनुसार सोमबार दिउँसो २:३० बजेको नेपालगन्जको अधिकतम तापक्रम ३८.४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसै गरी आइतबार नेपालगन्जको अधितम तापक्रम ३८.४ डिग्री सेल्सियस, शनिबार ४०.७ डिग्री सेल्सियस मापन भएको फिल्ड इन्चार्ज शिवाकोटीले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले नेपालगन्जलगायत तराईका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बगर खेतीबाट मनग्गे आम्दानी गर्दै किसान
राप्ती नदीको बगर अहिले खरबुजासहितको तरकारीको बगर बनेको छ । नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका–४, बलरामपुर, सेम्रहवाको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा बगर खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । लमही नगरपालिका–४, बलरामपुर निवासी ३३ वर्षीय रसिलाकुमारी चौधरीले खरबुजा, तरबुजा तरकारी गरेर करिब १० कट्ठा क्षेत्रफलमा खेती गर्दै आउनुभएको छ ।
सात वर्षीय बालकको उद्धार गरेर अभिभावकको जिम्मा लगाइयो
कर्णाली प्रदेशको राजधानी सुर्खेतका एक सात वर्षीय बालकलाई प्रहरीले मंगलबार नेपालगन्जमा फेला पारेर अभिभावकको जिम्मा लगाएको छ।
परीक्षामा अनियमितता गर्ने शाखा अधिकृत तथा शिक्षक कारबाहीमा
कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा नतिजा प्रकाशनमा अनियमितता गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
थारुसहित चार भाषामा नागरिक बडापत्र
बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो ।
'गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि सरकारको पहल आवश्यक'
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनतर्फ सरकारले पहलकदमी गर्नुपर्ने बताउनुभएको छ । उहाँले सरकारले गम्भीररुपमा नलिँदा विमानस्थल सञ्चालनमा ढिलाइ भइरहेको समेत बताउनुभयो ।
बाँकेमा ४० हेक्टरमा चैते धान रोपाइँ
पछिल्लो केही वर्ष यता आएर बाँके जिल्लामा पनि चैते धान रोप्न सुरु गरिएको छ। चैते धानको उत्पादन बढ्दै गएपछि यो वर्ष जिल्लामा ४० हेक्टर क्षेत्रफलमा धान लगाइएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
भन्सार छली ल्याएका ११ लाख बढीको सामान बरामद
भारतबाट भन्सार राजस्व छलेर ल्याइएको ११ लाखभन्दा बढीको अवैध सामान प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।
आगलागीबाट प्रभावितको राहत र उद्धारमा खटिन कांग्रेसको अपिल
नेपाली कांग्रेस गुल्मीले आगलागीबाट प्रभावितको राहत र उद्धारमा खट्न अपिल गरेको छ । आगलागीबाट प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनका लागि तीनै तहका सरकार, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, स्वदेश तथा विदेशमा रहनुभएका सबैलाई अपिल गरिएको नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताउनुभयो ।
गौहत्यामा संलग्नलाई कारबाही गर्न धार्मिक सद्भाव समितिको माग
धार्मिक तथा सामाजिक सद्भाव समिति नेपालगन्जले गौहत्यामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेको छ ।
चैते धानप्रति दाङका किसानमा आकर्षण
बङ्गलाचुली गाउँपालिका –४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।
सुधार गृहको तीन तलाबाट हाम फालेर भाग्ने प्रयास
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमिनियास्थित जयेन्दु बाल सुधार गृहबाट हाम फालेर भाग्न खोज्दा एक बाल बन्दी (बालबिज्याँइकर्ता) घाइते भएका छन् ।
विद्यालयहरूको वर्गीकरण गरी पढाइ शुल्क निर्धारण
नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूको वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ । संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०८० अनुसार संस्थागत विद्यालयको वर्गीकरण गरेर शुल्कसमेत निर्धारण गरेको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । उपमहानगरभित्रका विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरी सोहीबमोजिम निर्धारण गरिएको शुल्क लिनसमेत जानकारी गराइएको उहाँले बताउनुभयो ।
बजेट अभावमा दर्जन योजना ठप्प
प्रदेश सरकारले दाङ जिल्लामा अघि बढाएका दर्जनभन्दा बढी योजना बजेटको अभावमा ठप्प भएका छन् । सडक, खेल मैदान, नाचघरदेखि वधशाला निर्माणसम्मका योजनाको काम ठप्प भएको छ । पछिल्लो समय बजेट अभावका कारण योजना पूरा हुन सकेका छैनन् । बजेट अभावकै कारण धेरै योजना समयमै सक्नुपर्ने भए पनि ढिलाइ हुने गरेका छन् । तीमध्येको एउटा उदाहरण हो, कुइरेपानी–सर्रा बाइपास सडकखण्ड । घोराही उपमहानगरपालिका–३, कुइरेपानीदेखि घोराही उपमहानगरपालिका–१६, सर्रा जोड्ने यो सडक प्रदेशको गौरवको आयोजनाभित्र पर्छ । घोराहीको रिङरोडभित्र पर्ने उक्त सडक प्रदेश सरकार स्थापना भएसँगै निर्माण कार्य अघि बढाइएको हो ।
राप्तीमा व्यावसायिक जलयात्रा
राप्ती नदीको पानीलाई पर्यटनसँग जोड्ने गरी व्यावसायिक रूपमा मोटर बोट सञ्चालन गरिएको छ । राप्तीलाई जलयात्रा व्यवसायीसँग जोड्ने योजना अनुसार गरिएको मोटर बोट सञ्चालन कार्य सफल भएको छ । राप्ती गाउँपालिका–१ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहले राप्ती नदीमा व्यावसायिक जलयात्राका लागि मोटर बोट सञ्चालनमा ल्याएको छ । करिब दस लाखको लागतमा मोटर बोट खरिद गरेर सञ्चालन गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर केसीले जानकारी दिनुभयो ।
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
बाँके प्रहरीले नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
दाङमा प्रशासन कार्यालयकै १३ बिगाहा जग्गा अतिक्रमण
दाङमा जिल्ला प्रशासन कार्यालयको १३ बिगाहा बढी जग्गा अतिक्रमणमा परेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङका नाममा घोराही उपमहानगरपालिका–१४ अन्तर्गत कपासी र झिँगौरामा रहेको करिब १३ विगाहा १४ कट्ठा तीन धुर जग्गा वर्षौँदेखि अतिक्रमणमा परेको पाइएको हो ।
पर्सामा ज्वरोका बिरामी बढे
गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो ।
सर्प उद्धारमा सक्रिय सारु कान्छा
तराईमा गर्मी सुरु भएपछि सर्प उद्धारकर्ता चेतबहादुर (सारु कान्छा) को दैनिकी पनि व्यस्त बन्दै जान्छ । सारु कान्छाले सर्प उद्धार मात्रै होइन सर्पबाट बच्न हरेक वर्ष सचेतनाका कार्यक्रम सँगै झुल समेत वितरण गर्दै आउनुभएको छ ।
आगलागीपछि वासविहीन भए १३ परिवार
आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरि आँसु झार्दै उहाँले भन्नुभयो, “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उहाँको घर जलेर खरानी भएको थियो । त्यही खरानी स्याहार्दै उहाँले बिलौना गर्नुभयो ।
रेखबहादुरले लगाए आफ्नै घरमा आगो
गुल्मीमा रेखबहादुर परियारले आफ्नै घरमा आगो लगाएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ रजस्थल निवासी ५९ वर्षीय रेखबहादुरले आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न माग
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्कीले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनलाई मागपत्र पेश गर्नुभएको छ ।
भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण
उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ ।