'प्रदेशको शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन हुन्छ'
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत प्रदेशको शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तनको आभास दिने बताउनुभएको छ ।
बेलबास-बेथरी सडक निर्माण अलपत्र
रुपन्देहीमा नमुना सडकका रूपमा निर्माण थालिएको बेलबास–बेथरीसडक बिचैमा अलपत्र परेपछि स्थानीयले दबाब दिन भन्दै सङ्घर्ष समिति गठन गरेका छन् । सडक निर्माण पूरा नगरेसम्म नहरपुर–बेताहानी खण्डमा टिप्पर चल्न नदिने स्थानीयले निर्णय समेत गरेका छन् ।
पेट्रोलियम पदार्थ आयातमा कमी
भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन देखि चैत मसान्तसम्म) बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलो लिटर पेट्रोल आयात हुँदा दुई अर्व ६३ करोड ३९ लाख ९५ हजार राजस्व संकलन भएको छ ।
निःशुल्क आयुर्वेद उपचारसहित पाँचदिने योग विज्ञान शिविर हुने
विभिन्न रोगको निःशुल्क आयुर्वेद पद्धतिबाट उपचार, परामर्श, स्वास्थ्य परीक्षण सेवासहित नेपालगन्जमा पाँच दिने बृहत योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
नरैनापुर गाउँपालिकाको कार्यालय भवन निर्माण अलपत्र
तीन पटकसम्म म्याद थप गरिएपनि निर्माण कम्पनीको लापरबाहीले काम पुरा नगर्दा नरैनापुर गाउँपालिकाको निर्माण कार्य अलपत्र अवस्थामा छ ।
नेपालगन्जमा बढ्दै अवैध तस्करी
यहाँस्थित नेपाल भारत नाकाबाट अवैध आयात र चोरी तस्करी बढ्दै गएको पाइएको छ ।
दाङमा आगलागीबाट २४ घर जल्दा ८७ लाखभन्दा बढीको क्षति
दाङमा आगलागीबाट ८७ लाख बढीको क्षति भएको छ । जिल्लाको राजपुर गाउँपालिका–७ हाडबासमा आइतबार दिउँसो भएको आगलागीबाट करिब २४ बढी घरगोठसँगै पशुचौपाय जल्दा ८७ लाखभन्दा बढीको क्षति भएको हो ।
महिला जनप्रतिनिधिलाई उद्घोषण सिकाउँदै खजुरा गाउँपालिका
खजुरा गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिहरुलाई सार्वजनिक रुपमा बोल्ने क्रममा आत्मविश्वासका बोल्न सिकाउनका लागि उद्घोषण तालिम गरेको छ ।
सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेले आइतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलीगरी नेपाल ल्याइएका ६ लाख रुपियाँ बढीको अवैध सामान बरामद गरेको छ ।
मनपरी शुल्क लिने संस्थागत विद्यालयलाई कारबाही गरिने
नेपालगन्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुमा एकरुपता ल्याउनका लागि शुल्कहरुको निर्धारण गरेको छ ।
सामुदायिक विद्यालय पुग्ने अभिभावकलाई भत्ता
गुल्मीमा सामुदायिक विद्यालय पुग्ने आभिभावकलाई भत्ता प्रदान गरिने भएको छ । जिल्लाको मदाने गाउँपालिका –१, अग्लुङ्गले सामुदायिक विद्यालयका अभिभावकलाई भत्ता प्रदान गर्ने भएको हो।
खाद्य अधिकार घोषणापत्र जारी
खाद्य अधिकार अभियन्ताहरूको दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको राष्ट्रिय सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा क्रियाशील खाद्य अधिकार अभियन्ताहरूको राष्ट्रिय सम्मेलनले उक्त घोषणापत्र जारी गरेको हो ।
अझै भएन इप्रका पुनर्स्थापना
सशस्त्र द्वन्द्वका बेला दुई दशकअघि सुरक्षाका कारणले विस्थापित भएको बाँकेको दुर्गम मानिने नरैनापुरको इलाका प्रशासन कार्यालय अझैसम्म पनि पुनर्स्थापना हुन सकेको छैन । इलाका प्रशासन कार्यालय स्थापना नहुँदा नरैनापुरवासीले स्थानीय सरकारको अनुभूति गर्न नपाएको अधिकांश नागरिकको गुनासो छ । नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा स्थानीयलाई नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन ४५ किलोमिटर टाढा सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ ।
आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङको राजपुर गाउँपालिका ७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
क्यान्सरको उपचार बारे नेपालगञ्जमा छलफल
क्यान्सर रोग निको पार्न गरिने उपचार पद्धतिबारे नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले नेपालगन्जमा एक कार्यक्रम गरेर जानकारी गराएको छ।
भनभनेमा तीन घरगोठ जलेर नष्ट
गुल्मीको मदाने गाउँपालिका –७ भनभने वनमा लागेको आगो बस्तीतर्फ फैलिएर तीन वटा घरगोठ जलेर नष्ट भएको छ ।
आगलागीबाट २४ घरमा क्षति
दाङको राजपुर गाउँपालिका –७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएको छ । राजपुर गाउँपालिका –७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घरमध्ये २४ घरमा क्षति पुगेको छ ।
डढेलो नियन्त्रणका लागि दुई हजार किलोमिटर अग्निरेखा
डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले दुई हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ ।
चलचित्र 'बोक्सीको घर'को व्यापार उत्साहजनक
चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।
काँसको ढकिया र थाकलको झोला बनाउने तालिम सुरु
महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले नेपालगन्जमा काँसको ढकिया र थाकलको पत्ताबाट झोला बनाउने सिपमुलक तालिम सुरु भएको छ ।
बस्ती जलेपछि हटाइँदै फुसका छाना
तुलसीपुर उपमहानगरपालिका १३ मा जङ्गल बिचमा रहेका बस्तीमा फुसका छाना हटाएर जस्ताको व्यवस्थापन गरिएको हो ।
खाद्य अधिकार सुनिश्चितताका लागि नेपालगन्ज घोषणापत्र
खाद्य अधिकार अभियन्ताको दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको राष्ट्रिय सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि विभिन्न १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ।
कोहलपुरका संस्थागत विद्यालयको शुल्क निर्धारण
कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका संस्थागत विद्यालय (बोर्डिङ स्कुल) हरुको शुल्क नगरपालिकाले निर्धारण गरेको छ ।
गुल्मीमा मलामी बोकेको गाडी दुर्घटना, १२ जना घाइते
गुल्मीमा मलामी बोकेको पिक अप गाडी दुर्घटना भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिकाको रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा पिक अप दुर्घटना हुँदा १२ जना घाइते र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।