• ३१ वैशाख २०८१, सोमबार

आगलागीबाट २४ घरमा क्षति

blog

दिवाकर पोख्रेल

देउखुरी, वैशाख १६ गते । दाङको राजपुर गाउँपालिका –७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएको छ । राजपुर गाउँपालिका –७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घरमध्ये २४ घरमा क्षति पुगेको छ । 

वडाध्यक्ष वलीका अनुसार आइतवार दिउँसो ११ बजे हावा चलेको बेला नजिकै बाँकेको गाईघाट सामुदायिक वनमा आगलागी भएपछि आगो बस्तीमा पसेको हो । 

गाउँपालिका –७ हाडबास निवासी सीता भण्डारीको घरबाट आगलागी हुन सुरु भएको थियो । जलेका अधिकांश घर काठले बनेका र खरका छाना छन् । यसकारणले पनि आगो नियन्त्रणमा आउन समय लागेको स्थानीयको भनाइ छ ।