मदरसालाई प्राथमिकता दिन मन्त्री खत्रीको ध्यानाकर्षण
बाँकेमा सञ्चालित मदरसाका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र मुस्लिम समुदायका अगुवाहरूले मदरसामा अध्ययनरत विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै लगानी बढाउन लुम्बिनी प्रदेश सरकार समक्ष माग गर्नुभएको छ ।
जैविक विविधता संरक्षणमा जोड
जैविक विविधताको संरक्षण तथा सामुदायिक वनको सशक्तीकरणमा जोड दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय र बास नेपालको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी-६ मा आयोजित ‘जैविक चौतारी’ कार्यक्रमका सहभागीले जैविक विविधता संरक्षणमा जोड दिएका हुन् ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी हुँदै
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । यही वैशाख २२ र २३ गते लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा गोष्ठी आयोजना गरिएको हो ।
तरकारी र फलफूलमा विषादीको मात्रा कम
बाँके लगायत विभिन्न जिल्लामा उत्पादन गरिएका तरकारी र फलफूलमा गतवर्ष भन्दा यस वर्ष विषादीको मात्रामा कमी पाइएको छ ।
सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयद्वारा सङ्घर्ष समिति गठन
रुपन्देहीमा उत्तर–दक्षिण जोड्ने मुख्य मार्गको रुपमा रहेको बेलबास–बेथरी सडक निर्माण अलपत्र परेपछि दबाब दिन स्थानीयले सङ्घर्ष समिति गठन गरेका छन् ।
चन्द्रकोट गाउँपालिकाद्वारा ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक
गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसारमा रोक लगाएको छ । कृषि तथा पशुपालन कार्यलाई थप व्यवस्थित गर्नका लागि स्त्री जातिका पशुचौपाया ओसारपसारमा रोक लगाइएको गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले बताउनुभयो ।
अत्यधिक गर्मीले रङ्गशालाको पौडी पोखरीमा पुग्नेको सङ्ख्या बढ्यो
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको अन्तर्राष्ट्रिय मापदण्डको देशकै ठुलो पौडी पोखरी मध्यको पौडी पोखरीमा अहिले पौडी खेल्न पुग्नेहरू दिनदिनै बढ्दै गएका छन् ।
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा अर्याल
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल सर्वसम्मत चयन हुनुभएको छ । अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष तथा युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुनुहुन्छ ।
घाँस काट्ने क्रममा महिलाको मृत्यु
गुल्मीमा घाँस काट्ने क्रममा लडेर ४३ वर्षीया महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २, छापटोला बस्ने ४३ वर्षीय खुमकला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
निःशुल्क यातायात सेवा सञ्चालन
मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको छ । दिवा स्याहार केन्द्रसम्म आउन जान निःशुल्क यातायात सेवा सञ्चालन गरिएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले दैनिक दुई घण्टासम्म हिँडेर तानसेनमा रहेको स्याहार सेन्टरसम्म आउने गरेका मस्तिष्कघात भएका बालबालिकाको यात्रा सुविधाका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । बालबालिकालाई निःशुल्क यातायात सेवाले केन्द्रसम्म आई उपचार तथा सहजीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
पेट्रोलियम पदार्थको आयातमा कमी
भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु आर्थिक वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजेल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिना (साउनदेखि चैत मसान्तसम्म) बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६३ करोड ३९ लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
सातामै एक सय पचास क्विन्टल तरबुजा बिक्री
भनिन्छ, गरे के हुँदैन । मन लगाएर गर्ने हो भने नेपालमै सुन फलाउन सम्भव छ, विदेश जानै पर्दैन । नेपालीहरू पैसा कमाउन कतार, साउदी र भारततर्फ ओइरिरहेका बेला एक भारतीय नागरिकले बाँकेको राप्ती नदीको बगरमा एक हजार क्विन्टल तरबुजा फलाएर बिक्रीका लागि तयार पारेका छन् ।
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।
सञ्चारिका पत्रकारिता पुरस्कारबाट दुई महिला पत्रकार सम्मानित
सञ्चारीका समूह बाँकेले सञ्चारिका पत्रकारिता पुरस्कार २०८० बाट दुई जना महिला पत्रकारलाई सम्मान गरेको छ ।
कैदीले अपराध गरेभन्दा अन्य सजाय पाउनुहुँदैन : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेले कारागारमा रहेका कैदी बन्दीहरूले अपराध गरेभन्दा अन्य थप सजाय पाउन नहुने बताउनुभएको छ ।
मलेरिया नियन्त्रणका लागि झुल वितरण
कतै भ्रमण नगरेका मानिसमा मलेरिया (औलो) देखिएपछि नियन्त्रणका लागि झुल वितरण गरिएको छ ।
आगलागीमा परेर १५ पशुचौपाया मरे, ३० लाख बढीको क्षति
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुर गाउँमा भएको आगलागीमा परेर १५ वटा पशुचौपाया मरेका छन् भने करिब ३० लाख रुपियाँको क्षति भएको छ ।
कम्पनी नै खोलेर ठगी गर्ने सक्रिय
खाडी मुलुकमा दुःख गरेर युवाले कमाएको अर्बौं रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । बाँकेमा मात्र यसरी ठगिने सयौँ युवा रहेको पीडितले बताएका छन् । यसरी ठगिने एक युवा हुन् मलेसिया काम गरेर चार वर्षअघि फर्किएका हरिबहादुर बुढाक्षेत्री । बाँकेको खजुरा गाउँपालिका–२, गौघाटनिवासी हरिबहादुर बुढाक्षेत्री डेढ दशकअघि रोजगारीको सिलसिलामा मलेसिया जानुभएको थियो । त्यहाँ उहाँको कमाइ राम्रै थियो । मासिक राम्रो तलब आउने भएपछि नेपालबाट गएका हरि जस्तै थुप्रै युवा ‘डिएक्सएन’ कम्पनीको नेटवर्किङ बिजनेसतर्फ आकर्षित भए । मलेसियन उक्त कम्पनीले उत्पादन गरेका सामान राम्रो थिए ।
गर्मी छल्न आज र भोलि विद्यालय बन्द
बुटवल उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
आगलागीले १६ घर जले
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका –६, हेक्लाङ्स्थित खुमडाँडा, बाँसडाँडा र रेडीमा १६ घर जलेर नष्ट भएको हो ।
१३५ श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार नेपालगन्जमा १३५ जना श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। लाइफलाइन हस्पिटल नेपालगन्ज र जिफन्टको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका –१३ मा श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हस्पिटलका फिजिसियन डा. पारस श्रेष्ठले जानकारी दिनुभयो ।
डढेलो बस्तीमा पसेपछि सात घरमा क्षति
वनमा लागेको डढेलो बस्तीमा पसेपछि रामपुर नगरपालिका ४ र ५ को सात घरमा क्षति भएको छ।
श्रमिकलाई निःशुल्क खाना
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवलका श्रमिकलाइ निःशुल्क खाना खुवाइएको छ ।
रुरुक्षेत्रले गर्यो फायर हाइड्रन्ट जडान
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले विभिन्न स्थानमा फायर हाइड्रन्ट जडान गरेको छ।यस गाउँपालिकाका विभिन्न स्थानमा सात वटा फायर हाइड्रन्ट जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।