खडेरीले अन्नबाली सुक्न थाले, किसान चिन्तित
लामो समयदेखि पानी नपर्दा भएको खडेरीले खेतमा लगाइएको अन्नबाली सुक्न थालेपछि बाँकेका किसान चिन्तित भएका छन्।
३९ वर्षपछि राम्चे वन डढेलोले सखाप
पर्यटनसँग जोडिएको जिल्लाको रामपुर नगरपालिका–५, स्थित राम्चे सामुदायिक वन डढेलोले सखाप भएको छ । एक सय दुई हेक्टर क्षेत्रफलमा फैलिएको वन ३९ वर्षपछि डढेलोले सखाप भएको हो ।
तातो हावाले आँखा सुख्खा हुने समस्या
पछिल्ला केही दिनदेखि नेपालगन्जमा बढ्दै गइरहेको अत्यधिक गर्मी र सुख्खा तातो हावाको लहरका कारण आँखा सम्बन्धी बिरामीको सङ्ख्या बढेको छ। दैनिकरुपमा आँखा परीक्षण गराउन आउने सर्वसाधारणको सङ्ख्या बढेको आँखा अस्पतालले जनाएको छ ।
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
निस्दी गाउँपालिका–५, पिपल भञ्ज्याङ्गमा भएको स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
९ महिनामा बाँकेमा १२ जना सुत्केरीको मृत्यु
पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न अस्पताल रहेको बाँके जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भएको छ ।
लुम्बिनीमा बुद्ध जयन्तीको तयारी
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइने बुद्धजयन्ती एवम् लुम्बिनी दिवसको तयारी सुरु भएको छ ।
दुई दर्जनभन्दा बढी घरगोठ जले
पाल्पामा एकै दिन विभिन्न स्थानमा आगलागीबाट २५ बढीभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । पाल्पाको पूर्वखोला–६, हेक्लाङस्थित खुमडाँडा, बाँसडाँडा, रिडीलगायतका क्षेत्रमा १६ भन्दा बढी घरगोठ जलेर नष्ट भएका हुन् । वडाध्यक्ष धनबहादुर घर्तीले आगलागीका कारण गोठमा रहेका बाख्रा, बङ्गुरलगायतका पशुचौपाया पनि नष्ट भएको जानकारी दिनुभयो । बुधबार दिउँसोदेखि लागेको आगो बेलुकी बस्तीमा पसेको उहाँले बताउनुभयो । डाँडाबस्तीमा आगो लागेकाले नियन्त्रणमा लिन पानीको समस्या भएको उहाँले बताउनुभयो ।
दुई महिनामा अठसट्ठी आगलागी
दाङमा दुई महिनाको अवधिमा ६८ वटा आगलागीका घटना भएका छन्। सुक्खा समयसँगै हावाहुरी सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा भएको आगलागीबाट तीन करोडभन्दा बढीको क्षति भएको छ । जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शम्भु आचार्यले दाङमा चैतदेखि हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा भएका ६८ वटा आगलागीका घटनामा तीन करोड ८६ लाख ४५ हजार दुई बराबरको क्षति भएको जानकारी दिनुभएको छ ।
माटोको ढिस्कोले पुरिएर एकको मृत्यु
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । घर लिप्ने माटो खन्नेक्रममा माथिबाट माटोको ढिस्को खस्दा रेसुङ्गा नगरपालिका १४, पराल्मी चौराहाका ५५ वर्षीय बिष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बाँकेमा एक हजार बढी नयाँ घरेलु तथा साना उद्योग दर्ता, दुई हजार नवीकरण
बाँके जिल्लामा चालु आर्थिक वर्षमा एक हजार १५३ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।
पाउरोटी उद्योगलाई २० हजार जरिवाना
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानहरूमा बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले पछिल्लो समयमा सहरीमात्र नभएर जिल्लाका ग्रामीण क्षेत्रमा रहेका बजारहरूलाई पनि निरन्तर अनुगमन गर्दै आएको छ ।
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ ।
न्यायपालिकाको पुनर्संरचनाको बहसमा नेपाल बार
कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले न्यायपालिकाको विद्यमान संरचनामा पुनर्संरचनाको बहसलाई देश व्यापी बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्ष नयाँ निर्माण गरिने
जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा क्षमताभन्दा बढी थुनुवा राख्दा दुरावस्था भएको भन्दै नयाँ हिरासत कक्ष निर्माणको पहल थालिएको छ ।
आरन व्यवसायबाट राम्रो आम्दानी
पछिल्लो समय आरन व्यवसायमा आबद्ध भएका बिरलै भेटिन्छन् । कुनै समय दलित समुदायको पहिचानका रूपमा रहेको आरन पेसाप्रति पछिल्लो पुस्ताको आकर्षण छैन ।
कपिलवस्तुको बर्दहवा कोट (फोटो फिचर)
कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब २ किलोमिटरको दूरी अर्थात् दक्षिण तर्फ रहेको ऐतिहासिक एवं प्राचीन स्थल बर्दहवा कोट । ठुलो पिपलको बोट मुनि पुरातत्त्व विभागको साइनबोर्ड समेत रहेको स्थलमा प्राचीन एवं ऐतिहासिक भग्नावशेषहरू, प्राचीन पत्थर, इँटा, शिला आदी रहेका छन्। यही स्थलको नजिक वडा नम्बर २ को वडा कार्यालय समेत रहेको छ। स्थानीयवासीहरु यही स्थलमा पूजा समेत गर्ने गर्दछन्।
घट्यो विषादी प्रयोग
बाँकेलगायत विभिन्न जिल्लामा उत्पादन गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गत वर्षभन्दा यस वर्ष विषादीको मात्रा कम पाइएको छ । कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगन्जका नायब प्राविधिक सहायक गौरव चौधरीले प्रयोगशालामा परीक्षण गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गतवर्षभन्दा यस वर्ष विषादीको मात्रा कमी पाइएको बताउनुभयो । चौधरीका अनुसार गतवर्ष मङ्सिरदेखि असारसम्म आठ महिनाको अवधिमा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको एक हजार ८५ वटा नमुना परीक्षण गर्दा १६ वटा नमुनामा कैफियत पाइएको थियो । जसमध्ये १० वटा नमुनामा (रेड लेबल) उपभोग गर्न नमिल्ने र छ वटा नमुनामा (यल्लो लेबल) पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने नतिजा देखिएको थियो ।
प्रदेश राजधानीको जग्गा एकीकरणका लागि बजेट अभाव
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रलाई आधुनिक सेवासुविधासहितको व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको पूर्वाधार विकास प्राधिकरणले अपेक्षित लक्ष्य अनुसारको काम गर्न सकेको छैन । सुरुवाती चरणमा तीव्र गतिमा काम गरेको प्राधिकरण चालु आर्थिक वर्षमा बजेट अभावकै कारण काम नै नगरी बस्नु पर्यो ।
पैसाको आडमा करणी मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप
भैरहवामा एकल महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभियुक्तले पैसाको प्रलोभनमा मुद्दा प्रभावित पार्न खोजेको पीडितले गुनासो गरेका छन्।
गुल्मीमा एक व्यक्ति मृत फेला
गुल्मीमा एक व्यक्ति मृत फेला परेका छन् । यस जिल्लाको मालिका गाउँपालिका वडा नम्बर – १, रातामाटाका ४७ वर्षीय लालबहादुर विक मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अजिरकोटको खस्रेभीरमा ‘हनी हन्टिङ’
गोरखाको अजिरकोट – २ ओलाङ गाउँस्थित करिब आठ सय मिटरको उचाइमा रहेको डरलाग्दो खसे्रभीरमा डोरीको सहायतले भीरमौरीको मह सिकार ‘हनि हन्टिङ’ गरिएको छ ।
रामपुर नगरपालिकाले चार विद्यालयको तह र दरबन्दी घटायो
जिल्लाको रामपुर नगरपालिकाले विद्यार्थी सङ्ख्या थोरै भएका चार सामुदायिक विद्यालयको तह र दरबन्दी घटाएको छ । दुई विद्यालयको कक्षासँगै शिक्षक दरबन्दी र दुई वटाको शिक्षक दरबन्दी घटाएको हो ।
डढेलोले खोस्यो प्यास र बास
२०६६ सालमा निर्माण गरिएको धारोमा दश वर्षपछि पानी चुहिनै छाड्यो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा २०७८ सालमा गौरी सामुदायिक वनमा लागेको डढेलोका कारण खानेपानीको पाइप जल्यो । पाइप जलेसँगै सिमलखुट्टी गर्मीयामसँगै प्यासले आक्रान्त बन्दै गएको छ ।