रुपन्देही ट्राफिकद्वारा भारतीय सवारी चालकलाई ‘सम्झाई–बुझाई’ अभियान
ट्राफिक नियम पालना र ओभरलोड नियन्त्रणलाई लक्षित गर्दै रुपन्देही ट्राफिकले भारतीय सवारी चालकका लागि सचेतना अभियान सुरु गरेको छ ।
'घुस्सा' र 'राराको डिलमा' लोकार्पण
साहित्यकार रामप्रसाद अर्यालद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध ‘घुस्सा’ र प्रा.डा. कपिल लामिछानेद्वारा लिखित निवन्ध सङ्ग्रह ‘राराको डिलमा’ लोकार्पण गरिएको हो ।
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८०/८१ को वैशाख महिनासम्म कोइलाबास भन्सार कार्यालयले ९५ लाख ९५ हजार ४२१ रुपियाँ राजस्व सङ्कलन गरेको हो । कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले सङ्कलित राजस्वमध्ये करिब ७८ लाख बढी भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र बाँकी १७ प्रतिशत विभिन्न खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठ्ने गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यालयले चालु आवको वैशाख मसान्तसम्म ७५ लाख ५१ हजार राजस्व सङ्कलनको लक्ष्य राखेकोमा लक्ष्यभन्दा करिब २१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको बताउनुभयो ।
दाङमा दुई महिलाको हत्या
दाङमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो घरेलु हतियार बन्चरो प्रहार गरेर हत्या भएको हो ।
सात महिनामा उल्लेख्य काम भएका छन् : बाँके प्रजिअ पोखरेल
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आफू बाँके आएको सात महिनामा जिल्लामा उल्लेख्य कामहरू भएको बताउनुभएको छ ।
पाल्पामा उपमेयर्स फोरम गठन
पाल्पा जिल्लाका १० स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरूको सम्मिलित उपमेयर्स फोरम पाल्पा गठन गरिएको छ ।
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयदेखि मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ ।
‘बक पत्र’माथि विमर्श
लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजङ्ग पिटरको पुस्तक ‘बक पत्र’माथि नेपालगन्जमा विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु शृङ्खलाको चौथो अङ्कमा पिटरको पुस्तक बक पत्रमाथि विमर्श गरिएको हो ।
अटो दुर्घटनामा चालकको मृत्यु
दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बाँकेको राप्तीसोनारी कुसुममा फैलिएको झाडापखाला नियन्त्रणमा
चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरेपछि बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा एक्कासि फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।
लुम्बिनीमा अमेरिकी राजदूत थम्पसन
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ ।
बुद्ध जयन्तीमा विदेशी पनि सहभागी हुने
रुपन्देहीको लुम्बिनीमा २५६८ औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने तयारी गरिएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउन तयारी गरेको हो । आगामी जेठ १० गते परेको बुद्ध
एमाले कपिलवस्तु अध्यक्षमा खनाल
नेकपा (एमाले) कपिलवस्तुको १० अौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
जमुनाहा नाका तीन दिन बन्द
नेपाल–भारत जमुनाहा सिमानाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शुक्रबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको हो ।
सिधनिया घाट निर्माणका लागि सर्वपक्षीय छलफल
बाँकेको राप्ती नदीस्थित सिधनिया घाट निर्माणका लागि शुक्रबार नेपालगन्जमा सर्वपक्षीय भेलामार्फत् बृहत छलफल गरिएको छ ।
बाँकेको राप्तीसोनारी कुसुममा झाडापखाला फैलियो
बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ ।
सडक क्षेत्रमा राखिएका विज्ञापन बोर्ड हटाउन निर्देशन
सडक डिभिजन कार्यालय दाङले सडक सीमाक्षेत्रभित्र राखिएका विज्ञापन बोर्डहरु १५ दिनभित्रमा हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
बालविवाहविरुद्ध सचेतनाका लागि बाल मेला
जिल्लाको निस्दी गाउँपालिकामा बालविवाहविरुद्धमा बाल मेला भएको छ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाका लागि अभियान सञ्चालन हुँदै आएको निस्दीमा बालविवाह अन्त्यका लागि बालबालिकालाई जागरुक बनाउन बालमेला सञ्चालन गरिएको हो ।
शिक्षा, स्वास्थ्य र रोजगारीमा मुस्लिम महिलाको पहुँच बढाउनुपर्छ : अध्यक्ष अन्सारी
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा मुस्लिम महिलाको पहुँच बढाउँदै लैजानु पर्ने आवश्यकता औंल्याउनु भएको छ ।
बाल सुधारगृह र कारागार कार्यालयको अनुगमन
नेपाल बार एशोसियसनमा आबद्ध कानुन व्यवसायी र अधिकारकर्मीले बाँकेको नौबस्तामा रहेको बालसुधार गृह र कारागार कार्यालयको अनुगमन गरेका छन् ।
मकै पोल्दै छात्रा
गुल्मीको सदरमुकाम तम्घासमा मकै पोलेर आम्दानी गर्दै रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा स्नातक तहमा अध्यनरत मुसिकोट नगरपालिका २ निवासी छात्रा विपना महत । उनले विगत तीन वर्षदेखि थर्मसमा चिया बेचेर त कहिले मकै पोलेर आफ्नो पढाईसँगै घरखर्च समेत चलाउँदै आईरहेकी छिन् ।
बुटवल चिडियाखोला सडक डिजाइन परिवर्तन गरी बनाइने
निर्माण कम्पनीले समयमै काम नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक अब डिजाइन परिवर्तन गरी निर्माण गरिने भएको छ । समयमै काम सम्पन्न नभएको भन्दै बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणको ठेक्का सडक डिभिजन कार्यालय बुटवलले तोडेपछि सडकको डिजाइन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले पहल सुरु गरेको छ ।
युवकको शव कालीगण्डकी किनारमा फेला
स्याङ्जाको चापाकोट नगरपालिका–९, का एक युवकको शव कालीगण्डकीमा फेला परेको छ । चापाकोट–९ बैडी बस्ने ३० वर्षिय दुर्गा बहादुर थापा (सफल) को शव बिहीबार रामपुर नगरपालिका–८, भुजात स्थित कालीगण्डकी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
न्यु बुटवल सबस्टेसन बन्ने
न्यु बुटवल ४०० केभी सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डियाले प्राप्त गरेको छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदान सहायतामा एमसिए नेपालले सो सबस्टेन निर्माण गर्न लागेको हो । यो एमसिसी परियोजना अन्तर्गतका कामको पहिलो ठेक्का सम्झौता हो ।