• ७ जेठ २०८१, सोमबार

युवकको शव कालीगण्डकी किनारमा फेला

blog

इमान सिं राना

रामपुर (पाल्पा), वैशाख २८ गते । स्याङ्जाको चापाकोट नगरपालिका–९, का एक युवकको शव कालीगण्डकीमा फेला परेको छ । चापाकोट–९ बैडी बस्ने ३० वर्षिय दुर्गा बहादुर थापा (सफल) को शव बिहीबार रामपुर नगरपालिका–८, भुजात स्थित कालीगण्डकी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

गत आइतबार देखि थापा सम्पर्क विहीन हुनु भएका थापाको शव नदी किनारमा फेला परेको हो । थापाको आफन्तले शवको पहिचान गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सालिकराम खनालले जानकारी दिनुभयो । माछा मार्न गएका माझीहरूले अपराह्न नदी किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमका लागि रामपुर अस्पताल ल्याइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।