• १२ साउन २०८१, शनिबार

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

blog

चोरीका मोटरसाइकलसहित पक्राउ परेको मोटरसाइक चोरहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २९ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयदेखि मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । गत केही समययता नेपालगन्ज र सो वरिपरिका स्थानहरूबाट बारम्बार मोटरसाइकलहरू चोरी हुन थालेपछि प्रहरीले विशेष टोली परिचालन गरेर सो बारेमा खोजी कार्य जारी राखेको थियो । 

मोटरसाइकल चोरी गर्ने चार जनालाई मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले नेपालगन्ज–१८ विशाल नगरबाट भे १ प ५९९३ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा बर्दियाको बढैयाताल गाउँपालिका–२ का निर्मल सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो । उहाँले सोही प्रकारले नेपालगन्ज–१२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको स्प्लेन्डर मोटरसाइकललाई नेपालगन्ज–१० गणेशमान चोक नजिक चलाइरहेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–६ का मनोज रावतलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जनाउनुभयो । 

यसैगरि जानकी गाउँपालिका–४ बाट भे १ प ३४४७ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा खजुरा गाउँपालिका–७ का टुइन्क लस्टर श्रीवास्तव र सोही स्थानकै लक्ष्मण हरिजनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो । सोही प्रकारले जिल्ला प्रहरी कार्यालय बाँकेले लु ३७ प ७७७ नम्बर (ईन्जिन नं जेऐ ०५ इसिइ ९ ऐम १२२८६ र चेसिस नं ऐमबिएलजेऐ ०५ इऐम १२९९२ को मोटरसाइकल फेला पारेको जनाएको छ । उक्त मोटरसाइकल धनी फेला नपरेकोले उक्त मोटरसाइकलको कागजपत्रसहित जिल्ला प्रहरी कार्यालय बाँके आएर लैजान अनुरोध समेत गरिएको डिएसपी डाँगीले बताउनुभयो । 

प्रहरीले पक्राउ गरेका चारै जनालाई चोरी कसुरमा अनुसन्धान अगाडि बढाएको र मोटरसाइकल चोरीमा संलग्न अरु मानिस र चोरीका थप मोटरसाइकलबारे पनि सोधपुछ र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।