मक्का मदिना जाने हजयात्रीकाे बिदाइ
साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले बिदाइ गर्नुभयो ।
बिजुलीको सास्ती हट्यो
रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा ३३ केभिएको विद्युत् सबस्टेसन सञ्चालन भएपछि सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाका स्थानीय हजारौँ घरपरिवारले ‘लो भोल्टेज’ बाट मुक्ति पाएका छन् । विद्युत् सबस्टेसन नबन्दासम्म विद्युत् भोल्टेज नहुँदा निकै सास्ती पाएका स्थानीयले अहिले गर्मीयाममा भोल्टेजमा सुधार भएकोमा ठुलो सुविधा पुगेको बताएका छन् । सैनामैना नगरपालिका वडा नं. ९ का पूर्ववडाध्यक्ष डोलराज भण्डारीले सब–स्टेसन निर्माण भएपछि सैनामैना र कञ्चन गाउँपालिकामा लो भोल्टेज समस्या हल हुँदा गर्मीको समयमा जनतालाई राहत मिलेको बताउनुभयो ।
हिउँदे मकै भित्र्याउन भ्याइनभ्याइ
लमही नगरपालिका–४ निवासी सुन्दरलाल चौधरीले ११ कट्ठा जग्गामा गरेको हिउँदे मकै खेती भित्र्याउन अहिले व्यस्त हुनुहुन्छ । खेतबारीमा लगाइएको मकै तयार भएपछि चौधरीको परिवार मकै व्यवस्थापनमा जुट्नुभएको हो । वर्षमा दुई बाली मकै खेती गर्दै आउनुभएका चौधरीले राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ । यो वर्ष मकैको राम्रो घोगा लागेकाले आम्दानी बढ्ने आशामा रहनुभएका चौधरी मकै बिक्री गरेर घरायसी आवश्यकता पूर्तिसँगै बर्खे धान खेतीका लागि मल र बिउ किन्ने तयारीमा रहेको बताउनुहुन्छ ।
बच्चा बोकेर काफल बिक्री गर्दै महिला
दाङ घोराहीको न्यूरोड सडक किनारामा दुधे बालक काखमा राखेर काफल, काँक्रा तथा तरकारी बिक्री गर्दै रोल्पा रुन्टिगढी गाउँपालिका(४ स्थित सुर्पालकी बिपना बिक ।
निकुञ्जमा त्रियासी वटा कृत्रिम पोखरी निर्माण
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको निकुञ्जले जनाएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाने तथा त्यसपछि वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेकोमा सो समस्या समाधान गर्न हालसम्म निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताउनुभयो ।
माछा मार्दै गरेका महिला
दाङको राप्ती गाउँपालिकास्थित खौराह तालमा माछा मार्दै गरेका महिलाहरु ।
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।
बलेरो जिप दुर्घटना हुँदा
पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ । दुर्घटनाका क्षति अझै आइ नसकेको प्रहरीले जनाएको छ ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ती किशोरी छागाबाट खसेजस्तै भइन् ।
सामूहिक आलु खेतीमा किसानको आकर्षण
गुल्मीको चन्द्रकोट गाउँपालिका–१, दिवुरङ्ग लुग्दीका ३४ घरपरिवार सामूहिक व्यवसायिक आलु खेतीमा लागेका छन्। आलु पकेट विकास कार्यक्रम अन्तर्गत १५० रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती गरेका हुन्।
एमाले बाँके जिल्ला अधिवेशन : अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा
नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशन तथा नयाँ निर्वाचनका लागि ४५९ जना प्रतिनिधि छनोट गरिएका छन् । यही जेठ ४ र ५ गते हुने अधिवेशनको सबै तयारी पूरा भएको समेत एमाले बाँकेले जनाएको छ ।
मौरीपालनबाट ९० किसान परिवार स्वरोजगार
थोरै लगानी र श्रमबाट उल्लेख्य आर्थिक लाभ लिन सकिने भएपछि पूर्वी मोरङका किसानहरू व्यावसायिक मौरीपालनबाट स्वरोजगार बनेका छन् ।
महिनौँ बित्दा पनि श्रीमानको हत्यारा पत्ता नलाग्दा डर र त्रासमा बाँचेकी छु’
जानकी गाउँपालिका वडा नं. ३ इन्द्रपुर बाँकेकी ३१ वर्षीया सविता राजवंशीको श्रीमान् सन्तोष कठरियालाई गत फागुन २३ गते राती एक लुटेराको समूह घरमा पसेर लुटपाटसमेत गरी आक्रमण गरेर हत्या गरे ।
डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ
आफैले जन्म दिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्द कली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्रीको ध्यानाकर्षण
कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अतिक्रमित जग्गा खाली गराउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्री र कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले मङ्गलबार काठमाडौँस्थित मन्त्रालयमा पुगेर मन्त्री लामिछानेको ध्यानाकर्षण गराउनुभएको हो ।
उपभोक्ताका घर घरमा काठदाउरा
दाङको लमही नगरपालिका–६, अर्जुनखोला कर्री सामुदायिक वन उपभोक्ता समूहको परिसरमा भिडभाड छ । कोही काठदाउरा लोड गर्दै छन्, कसैले काठको विवरण रुजु गर्दै त कोही काठदाउरा छान्दै छन् । सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत वन संवर्धनमा आधारित वन व्यवस्थापन कार्ययोजना वनाएर सङ्कलन सहमति पाएका सामुदायिक वनले उपभोक्तालाई काठदाउरा उपलब्ध गराइरहेका छन् ।
कार्बन व्यापारसम्बन्धी प्रशिक्षण
वन क्षेत्रमा देखिएका पछिल्ला दिनका चुनौती, अवसर, वन सुशासन, कार्बन व्यापार र जलवायु परिवर्तनसम्बन्धी सञ्चारकर्मीलाई प्रशिक्षण गरिएको छ । रेड कार्यान्वयन केन्द्र काठमाडौँ र नेपाल इन्भारोमेन्ट जर्नालिस्ट एसोसिएसन (नेजा) द्वारा आयोजित ‘वन संवर्धन र सुशासन अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक प्रशिक्षणमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सञ्चारकर्मीको सहभागिता रहेको थियो । प्रशिक्षणमा विशेष गरी वन, वातावरण तथा संरक्षण क्षेत्रमा कलम चलाउने २५ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
लोक स्टार बनिन् हरिकला
माथागढी गाउँपालिकास्तरीय ‘लोक स्टार प्रतियोगिता’ मा हरिकला ठाडा प्रथम हुनुभएको छ । सो प्रतियोगितामा गनिसरा बाह्रघरे द्वितीय र मीना विश्वकर्मा तृतीय हुनुभएको छ ।
बबईमा डुबेर दाजुभाइको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
सरुमारानी पूर्ण खोप सुनिश्चित पालिका घोषणा
सरुमारानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकाको सभा हलमा जिल्ला खोप समिति तथा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जी.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरुमारानीलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पालन क्षमता
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।
लुम्बिनीको विकासका लागि योजना प्रस्ताव
लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन समितिले लुम्बिनीको संरक्षण तथा विकासका लागि १२ बुँदे योजना प्रस्ताव गरेको छ । समितिले गरेको अध्ययन प्रतिवेदन प्रस्तावमा यस्ता योजना पेस गरिएको छ ।
भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे नियुक्त
पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त हुनु भएको छ ।
वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति
वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका बाँकेका ३९ जनाले क्षतिपूर्तिस्वरुप एक करोड २६ लाखभन्दा बढी राहत रकम पाएका छन् ।