• १२ साउन २०८१, शनिबार

बलेरो जिप दुर्घटना हुँदा

blog

दुर्घटनाग्रस्त जिप ।

रेखीराम राना

तानसेन, जेठ २ गते । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ । दुर्घटनाका क्षति अझै आइ नसकेको प्रहरीले जनाएको छ ।

नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटनामा परेको प्रहरीको भनाइ छ । जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीय बासिन्दाले बताएका छन् । 

बलेरो जिपमा १० जना बढी यात्रुसमेत रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।