• १२ मंसिर २०८१, बुधबार

अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्रीको ध्यानाकर्षण

blog

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगको भेटमा बाँके जनप्रतिनिधिको टोली ।

सिराज खान 

नेपालगन्ज, जेठ २ गते  । कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अतिक्रमित जग्गा खाली गराउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ । 

बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्री र कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले मङ्गलबार काठमाडौँस्थित मन्त्रालयमा पुगेर मन्त्री लामिछानेको ध्यानाकर्षण गराउनुभएको हो ।

अतिक्रमित संरचना हटाउने वातावरण निर्माणका लागि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराइएको कोहलपुर नगरपालिका प्रमुख आचार्यले बताउनुभयो । उहाँले ठिक यही बेला बाँके प्रमुख जिल्ला अधिकारीविहीन भएकाले गृहमन्त्रीलाई भेटेर तत्कालै प्रमुख जिल्ला अधिकारी पठाइदिएर अतिक्रमित संरचना हटाउन कडा निर्देशन दिन गृहमन्त्री लामिछानेको ध्यानाकर्षणगराइएको बताउनुभयो । 

उहाँले समितिको स्वामित्वमा रहेको अतिक्रमित संरचना खाली गराउन गृहमन्त्री पनि सकारात्मक देखिनु भएकाले छिट्टै खाली हुने विश्वास व्यक्त गर्नुभयो । कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको अतिक्रमित संरचना खाली गर्न नगर विकास समितिले दिएको एक हप्ताको समय सकिएको छ ।