बन्दुक देखाई लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ
बाँके प्रहरीले डाँका चोरीमा संलग्न दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ ।
खुला सङ्ग्रहालय बनाइँदै
रुपन्देहीको चारपाला सामुदायिक वन क्षेत्रमा फेला परेका दुई हजार वर्ष पुराना ऐतिहासिक वस्तु संरक्षण गर्न सङ्ग्रहालय बनाइने भएको छ । बौद्धकालीन समयका वस्तुहरू अहिलेसम्म संरक्षणको अभावमा खुला आकाशमुनि बेवारिसे अवस्थामा छन् । चारपाला सामुदायिक वनले खुला सङ्ग्रहालय बनाउन पहल सुरु गरेको हो । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतनाथ शर्माले चारपाला क्षेत्रमा फेला परेका ऐतिहासिक पुरातात्त्विक वस्तुहरू खुला सङ्ग्रहालयको रूपमै संरक्षण गरिने बताउनुभयो ।
मानसिक स्वास्थ्य रणनीति बनाइँदै
दाङको घोराही निवासी सुशीला आचार्यसँग मानसिक स्वास्थ्य क्षेत्रमा चार वर्षको अनुभव छ । मनोसामाजिक परामर्शदाताका रूपमा काम गरिरहनुभएकी आचार्यले घोराही उपमहानगरपालिका क्षेत्रमा मानसिक स्वास्थ्य समस्या भएकाको पहिचान र परामर्श गरिरहनुभएको छ । उहाँका अनुसार समाजमा मानसिक स्वास्थ्यको अवस्था डरलाग्दो छ । उहाँ भन्नुहुन्छ, “यो चार वर्षको अवधिमा मानसिक समस्याको बारेमा राम्रोसँग बुझ्ने अवसर पनि मिलेको छ, मानसिक स्वास्थ्य समस्या कति बढ्दो छ जान्न पाइएको छ ।” मनोसामाजिक परामर्शदाताका अनुसार मानसिक स्वास्थ्य समस्या जुन गतिमा बढेको छ त्यो रूपमा समस्या समाधान गर्ने गरी संयन्त्र तयार भएका छैनन् । गैरसरकारी संस्थाको पहलमा स्थानीय तहमा मनोसामाजिक परामर्शदाता भए पनि न्यून जनशक्तिका कारण मानसिक स्वास्थ्य समस्या हल हुन सकेको छैन ।
करेन्ट लागेर एकको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिस्त्री काम गर्ने प्युठान माण्डबी गाउँपालिका –२ तिराम निवासी २४ वर्षीय श्याम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लुम्बिनी प्रदेश सभाका दुई सदस्य नवगठित जसपामा
बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी (जसपा) मा खुल्नुभएको छ।
पुराना कुवा र इनार संरक्षण
दाङको राप्ती गाउँपालिका वडा नं.४ मा पुराना कुवा तथा इनारहरू संरक्षण गर्न थालिएको छ । स्थानीय सरकारको पहलमा पुराना कुवा तथा इनारको संरक्षणको काम थालिएको हो ।
गर्मी छल्न नरपानी
नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरू देख्न पाइने हुँदा नेपाल तथा भारतबाट यहाँ धेरै पर्यटक आउने गर्छन् ।
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
नारायणी नदी व्यवस्थापनका लागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ । करिब रु एक अर्ब ३९ करोडको लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको काम भइरहेको हो ।
नेपालगन्जका सहकारीको अनुगमन
नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका सहकारी संस्थाहरुको अवस्थाबारे जानकारी लिने र सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना हुनबाट जोगाउने अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थहरुको अनुगमन सुरु गरेको छ ।
नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि गुल्मीका तीन स्थानीय तह छनोट
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि गुल्मीका तीन स्थानीय तह छनोट भएका छन् ।
अशुद्ध पानी वितरण गर्ने पानी उद्योगमा सिल, एक लाख ९० हजार जरिवाना
नेपालगन्जका विभिन्न उद्योग तथा फर्म व्यवसायमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका विभिन्न उद्योग तथा फर्मलाई कारबाही गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका दुई वटा उद्योग सिल गरिएको छ भने विभिन्न चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपियाँ जरिवाना गरिएको छ ।
किशोरीहरू रक्तअल्पताको उच्च जोखिममा
कपिलवस्तुका किशोरीहरू रक्तअल्पताको उच्च जोखिममा रहेका छन् । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा किशोरीका लागि आइरन तथा फोलिक एसिड वितरण कार्यक्रम प्रभावकारी नहुँदा यस्तो समस्या देखा परेको हो । सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ मा अध्ययनरत १२ वर्षदेखि १९ वर्ष उमेरका किशोरीको रगत परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले गत वर्ष फागुन १ देखि चैत १ सम्म जिल्लाका १० पालिकाका २४ विद्यालयका चार हजार ७३४ किशोरीको साइनमेथ विधिबाट हेमोग्लोबिन परीक्षण गर्दा दुई हजार ५९ बालिकामा रक्तअल्पताको समस्या रहेको तथ्य बाहिर आएको हो । परीक्षणका क्रममा ४९ जना सात प्रतिशतभन्दा कम हेमोग्लोबिन देखिएको थियो । शरीरमा ११ ग्राम प्रतिशतभन्दा कम हेमोग्लोबिनको मात्रा रहेमा त्यस्तो व्यक्ति रक्तअल्पताको समस्यामा र सात प्रतिशत ग्रामभन्दा कम हेमोग्लोबिन भएका सिबियर रक्तअल्पता भएको बुझिन्छ ।
बाह्रैमास पानीको समस्या
रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा बाह्रैमास खानेपानीको समस्या हुँदै आएको छ । सदरमुकाम रुकुमकोटमा बर्खामा धमिलो पानी र हिउँदमा त्यही धमिलो पानी पनि नआउँदा पानीको हाहाकार हुने गरेको छ । खुला मुहान, खुला ट्याङ्की, पाइप नगाडिएको ठाउँ ठाउँमा पाइप काटिनु र सम्बन्धित निकायको हेलचेक्र्याइँका कारण खानेपानीको समस्या हरेक वर्ष जटिल बन्दै गइरहेको छ ।
भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी
बाँके जिल्लाको दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् । डेस्क बेन्च नहुँदा नरैनापुर गाउँपालिका–२, नुरपुरमा रहेको मदरसा सिराजिया इस्रारुल उलुमका सात सय विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य रहेको मदरसाका प्रधानाध्यापक मौलाना लाल खाँले बताउनुभयो ।
जरुवाको पानी संकलन गर्दै
दाङको घोराही उपमहानगरपालिका(१७ तल्लो ओखरा टोलका स्थानीय सिस्नेखोला किनारमा रहेको जरुवाको पानी भर्दै । खानेपानीको सुविधा नहुँदा यस गाउँका स्थानीय जरुवा तथा इनारको पानी खान वाध्य छन् ।
मुढा बनाउन सिक्दै महिलाहरू
गुल्मीको चन्द्रकोट गाउॅपालिकाको आयोजनामा वडा नं १ को दिब्रुङ्मामा सञ्चालन गरिएको सीपमूलक तालिममा मुढा बनाउन सिक्दै महिलाहरू ।
बाख्रापालनबाट मनग्गे आम्दानी
इच्छाशक्ति र केही गरेर देखाउने सोच भए गाउँघरमै बसेर राम्रो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ, बाँकेको राप्ती सोनारी गाउँपालिका–७ की सीता दमाईंले । उहाँले घरमै बाख्रापालन गरेर अहिले वार्षिक तीन लाख रुपियाँ चोखो आम्दानी गरिरहनुभएको छ । राप्ती सोनारी गाउँपालिका–७, निबुवाटार बस्ने दमाईंले दुई बाख्राबाट सुरु गर्नुभएको व्यावसायबाट अहिले खोर नै भरिभराउ छ । सिलाइकटाइबाट जीवनयापन गर्दै आएको दमाईं परिवारले एउटा बाख्रो र पाठी उपहार पाएपछि सुरु गरेको व्यावसायबाट अहिले ३० वटा खसी बाख्रा उहाँको खोरमा छन् ।
दुई पालिकामा नवप्रवर्तन कार्यक्रम
लुम्बिनी प्रदेशको ११ पालिकामा नवप्रवर्तन कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि पाल्पाको दुर्इ पालिकासहित ११ वटा पालिका छनोट भएका हुन् ।
'बालन्याय सम्पादनमा बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिनुपर्छ'
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठ न्यायाधीश चन्द्र बहादुर सारुले बालन्याय सम्पादन गर्दा बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
‘क्यानभास’ मा बुद्ध र बुद्धको जीवनचित्र
रुपन्देहीको देवदहमा दुई दिन लगाएर ‘क्यानभास’ मा बुद्ध र बुद्धको जीवनचित्र कोरिएको छ । बुद्ध मावलीमा जम्मा भएका २४ कलाकारहरूले बुद्धको जीवनी चित्रमा उतार्नुभएको हो ।
गुल्मीमा ९१ करोड बढीको कृषि उपज उत्पादन
गुल्मीमा चालु आर्थिक वर्षको चैतसम्म ९१ करोड बढीको कृषि उपज उत्पादन भएको छ । तरकारी, सुन्तला, कफी, मह, किवी, मसिनो चामल, आलु, उखु, कोदो र अन्य रैथाने बाली यस जिल्लाका प्रमुख कृषि उपजहरू हुन् ।
पौडीका पाँच खेलाडी र प्रशिक्षक सम्मानित
नेपालगन्ज स्वीमिङ्ग क्लबले बाँकेका पाँच जना पौडी खेलाडी र दुई जना पौडी प्रशिक्षकलाई सम्मान गरेको छ।
कपिलवस्तुमा बाढीले बगाउँदा एक जनाको मृत्यु
कपिलवस्तुमा दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका ७ सुकुम्वासी टोलका ४० वर्षीय लौटन थारु रहेका छन् ।
रिब्दिकोट पूर्ण खोप गाउँपालिका घोषणा
पाल्पाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरी जानकारी दिनुभयो ।