• ११ मंसिर २०८१, मङ्गलबार

रिब्दिकोट पूर्ण खोप गाउँपालिका घोषणा

blog

बिन्दु थापा
रिब्दीकोट (पाल्पा) वैशख ३० गते । 
पाल्पाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ ।  स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्णरूपमा नियमित खोप पाएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरी जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्रमार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका बालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रिया अनुरूप खोप दिने व्यवस्था गरेको छ ।

‘‘सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो,’’ अधिकारीले भन्नुभयो । रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम समेत गरेको छ ।