• २५ पुस २०८१, बिहिबार

गुल्मीमा ९१ करोड बढीको कृषि उपज उत्पादन

blog

फाइल तस्बिर ।

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ३० गते । गुल्मीमा चालु आर्थिक वर्षको चैतसम्म ९१ करोड बढीको कृषि उपज उत्पादन भएको छ । तरकारी, सुन्तला, कफी, मह, किवी, मसिनो चामल, आलु, उखु, कोदो र अन्य रैथाने बाली यस जिल्लाका प्रमुख कृषि उपजहरू हुन् । 

कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैतसम्म ९१ करोड ७८ लाख ३२ हजार रुपियाँ बराबरको कृषि उपज उत्पादन हुँदा ४० करोड ६७ लाख १० हजार रुपियाँ मूल्य बराबरको कृषि उपज निर्यात भएको छ ।

यहाँ उत्पादन हुने कृषि उपजहरू चालु आर्थिक वर्षको चैतसम्म ३१ हजार ३५७ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । जिल्लामा उत्पादन भएका महत्त्वपूर्ण बालीहरूमध्ये तरकारी १४ हजार ५ सय मेट्रिक टन उत्पादन भएको छ । जसको मूल्य ३४ करोड रुपियाँ पर्न जाने उहाँले बताउनुभयो ।

उहाँका अनुसार यस जिल्लाबाट १९ करोड ४३ लाख रुपियाँ बराबरको तरकारी निर्यात भएको छ । यस्तै चालु आर्थिक वर्षमा सुन्तला ६ हजार ५७२ मेट्रिक टन उत्पादन भएको छ  । जसको मूल्य २३ करोड २७ लाख रहेकोमा १२ करोड ८४ लाख रुपियाँको सुन्तला निर्यात भएको छ । कफी ३१ मेट्रिक टन उत्पादन भएको छ । जसको मूल्य तीन करोड ४१ लाख रुपियाँ रहेको छ । एक करोड २० लाख रुपियाँ बराबरको कफी निर्यात भएको छ । मह ११।२१ मेट्रिकटन उत्पादन भएको छ । जसको मूल्य १ करोड १५ लाख ३२ हजार रुपियाँ रहेकोमा ३३ लाख १० हजार रुपियाँ बराबरको मह निर्यात भएको छ ।

अर्को कृषि उपज किवी रहेको छ । यो जिल्लामा पछिल्लो समय कृषकहरूले लगाउन थालेको कृषि बाली हो । जसमा चालु आर्थिक वर्षको चैतसम्म ६२ मेट्रिक टन किवी उत्पादन भएको भण्डारीले बताउनुभयो । जसको मूल्य ९३ लाख रुपियाँ रहेको कृषि ज्ञान केन्द्रको आँकडाले देखाएको छ । जसमा २९ लाख रुपियाँ बराबरको किवी निर्यात भएको छ । मसिनो चामल ६९ मेट्रिक टन उत्पादन भएको छ । जसको एक करोड ४२ लाख रुपियाँ मूल्य रहेको छ । मसिनो चामल ३९ लाख रुपियाँ बराबरको मसिनो चामल निर्यात भएको छ ।

आलु आठ हजार १०० मेट्रिक टन उत्पादन भएको छ । जसको ११ करोड ५० लाख रुपियाँ मूल्य रहेको छ । दुई करोड ७१ लाख रुपियाँ बराबरको आलु निर्यात भएको छ । उखु ५८९ मेट्रिक टन उत्पादन भएको छ । जसको मूल्य छ करोड १४ लाख रुपियाँ रहेकोमा २७ लाख रुपियाँ बराबरको उखु निर्यात भएको छ । कोदो र अन्य रैथानेबालीहरु एक हजार ४२३ मेट्रिक टन उत्पादन भएको छ । जसको मूल्य ९ करोड ९६ लाख रुपियाँ रहेकोमा तीन करोड २१ करोड रुपियाँ मूल्य बराबरको निर्यात भएको छ ।