न्यु बुटवल सबस्टेसन बन्ने
न्यु बुटवल ४०० केभी सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इन्डियाले प्राप्त गरेको छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदान सहायतामा एमसिए नेपालले सो सबस्टेन निर्माण गर्न लागेको हो । यो एमसिसी परियोजना अन्तर्गतका कामको पहिलो ठेक्का सम्झौता हो ।
मुस्लिम समुदायले शिक्षामा जोड दिनुपर्छ : अध्यक्ष अन्सारी
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपाली मुस्लिम समुदायले सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ।
पाल्पाका अग्निपीडित परिवारलाई राहत
पाल्पाका अग्निपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।
प्लाइउड उद्योगमा तीन सय स्थानीयलाई रोजगारी
नेपालबाट भारततर्फ प्लाइउड निर्यात वृद्धि हुन थालेसँगै स्थानीय प्लाइउड उद्योगले उत्पादन बढाउन थालेका छन्। उत्पादन वृद्धिका लागि ती उद्योगले बढी भन्दा बढी कामदार राखेर उनीहरूलाई रोजगारी दिन थालेका हुन्।
आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने
नेपालगन्ज १ धम्बाेझी माविकी पूर्व प्रधानाध्यापक किरण आचार्य पौडेललाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले २०८१ सालको शिक्षक सम्मान आचार्यलाई प्रदान गर्ने भएको हो ।
गर्मीयाममा नेपालगन्जको माग धान्न ४० मेगावाट विद्युत् आवश्यक
देशकै अत्यधिक गर्मी हुने ठाउँमध्येको एक नेपालगन्जमा गर्मीयाममा ४० मेगावाट विद्युत आवश्यक हुने गरेको छ । ४० मेगावाट विद्युत आवश्यक रहेपनि हाल ३० देखि ३२ मेगावाट विद्युतले नेपालगन्जको माग मुश्किलले धानिरहेको छ ।
अग्निपीडितलाई राहत प्रदान
रामपुर नगरपालिका ४ र ५ का अग्निपीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय पाल्पाले राहत प्रदान गरेको छ ।
लागूऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली
बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ ।
रेसुङ्गा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा
गुल्मीको रेसुङ्गा नगरपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा गरिएको छ ।
विद्यार्थीलाई संस्कार सिकाउन आवश्यक
बालबालिकालाई असल संस्कार सिकाउने उद्देश्यले देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय पाल्पामा आमाको मुख हेर्ने दिनमा आमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आमाको महत्व र संंस्कारलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
स्वास्थ्य निर्देशनालयलाई राजधानी केन्द्रित हुन अख्तियारको निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरित लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले राजधानी क्षेत्र बाहिर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
लुम्बिनीमा बजेटको आकार घट्ने
लुम्बिनी प्रदेशमा राजस्व सङ्कलनमा सङ्कुचन आएपछि आगामी आर्थिक वर्षको बजेट घटाइने भएको छ । चालु आवमा छ अर्ब ७३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रदेश सरकारले अपेक्षित राजस्व सङ्कलन गर्न नसकेपछि बजेटको आकार घट्ने भएको हो । अब केन्द्र सरकारले पठाएको बजेटलाई नै बाँडफाँट गरेर आगामी वर्षका लागि बजेट निर्माण गर्नुपर्ने भएपछि बजेटको आकार घट्ने निश्चित देखिएको हो ।
चैते धान रोप्दै किसान
प्युठानको स्वर्गद्वारी नगरपालिकाको उपल्लो भिङ्ग्रीमा चैते धान रोप्दै किसान । पछिल्लो समय प्युठान जिल्लामा चैते धानप्रति आकर्षण बढ्दो छ ।
अझै घोडा यातायातका साधन
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित वयरबटुवाका स्थानीय किसान मङ्गलबार बिहान घोडामा राखेर घोराही बजारमा चामल बिक्री गर्न आउँदै ।
कार्यकर्तालाई इमान्दार बन्न अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ ।
लुम्बिनीमा चार सय २१ आगलागीका घटना, पाँचको मृत्यु
वैशाख महिनाको सुरुआतसँगै लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा फैलिएको आगलागी तथा वन डढेलोको प्रकोपका प्रदेशभर चार सय २१ वटा आगलागीका घटना भएका छन् भने आगलागीमा परी पाँचको ज्यान गएको छ ।
लामो समयपछि वर्षा भएपछि किसानलाई राहत
अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला बुधबार बाँके बर्दिया लगायतका जिल्लामा पानी परेसँगै सर्वसाधारणलाई ठुलो राहत भएको छ ।
जलेश्वरको अन्धाअन्धीमा भक्तजनको घुइँचो
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज बिहानदेखि महोत्तरीको लोहारपट्टि नगरपालिका बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिकस्थल अन्धाअन्धीमा भक्तजनको घुइँचो लागेको छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम
गुल्मीको इस्मा गाउँपालिका-२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम गराएको छ । विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा तालिम गराएको हो ।
सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या
दाङको राप्ती गाउँपालिका-५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन ।
जनताको सुविधाका लागि सडक सञ्जालको विकास अपरिहार्य : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईमधेशका जनतालाई स्वास्थ्यलगायतका सेवादिन सडक सञ्जालको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।
कृषि अनुदानका लागि ९ सय बढी आवेदन
बाँकेमा कृषि अनुदानका लागि जिल्लाका करिब नौ सय बढी किसानले आवेदन (प्रस्तावना) दर्ता गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्ज कार्यालयमा नौ सय बढी आवेदन दर्ता भएको ज्ञान केन्द्रले जनाएको छ ।
समस्या समाधान गर्न गुठी विधेयक आवश्यक : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले गुठीपीडित किसानको समस्या समाधानका लागि जेठ महिनाभित्र गुठी विधेयक संसदमा पेस गर्नेगरी काम अघि बढाएको बताउनुभएको छ ।
बालगृहमा सिप सिक्दै विद्यार्थी
महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत रञ्जिता बुढाथोकी अहिले कुसबाट बन्ने गुन्द्री र पटकी तथा परालबाट बन्ने बिरा बनाउने सिप सिक्न थाल्नुभएको छ ।