शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उहाँ शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका उहाँ पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहनुभएको छ ।
राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी
लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएको १६ दिनपछि पुनः मन्त्रालयको जिम्मेवारी समाल्नुभएको छ । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्री अहिरले वैशाख ८ गते राजीनामा घोषणा गर्दै सरकारबाट बाहिरिनुभएको थियो तर समाजवादी पार्टीमा विभाजन आएसँगै राजीनामा दिनुभएका मन्त्री अहिरले सोमबार देउखुरीको लालमटियामा रहेको मन्त्रालयमा पुगेर पुनः जिम्मेवारी समाल्नुभएको छ ।
एग्रोभेटबाट ठगिए किसान
स्थानीय एग्रोभेटहरूले गुणस्तरहीन बिउबिजन बिक्री गरेर किसानलाई ठगेको आरोप लागेको छ । एग्रोभेटहरूले म्याद गुज्रिएका बिउबिजन बिक्री गरेको भनाइ किसानको छ । कृषि ज्ञान केन्द्र पाल्पा र बिउबिजन प्रयोगशाला भैरहवाको संयुक्त अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । तानसेन, आर्यभन्ज्याङ र रामपुर बजारमा रहेका विभिन्न एग्रोभेट सेन्टरले बिउबिजन र औषधी बिक्रीमा किसानलाई ठगेको भेटिएको हो । सरकारले सूचीकृत गरेका बाहेकले पनि बिउबिजन बिक्री गर्दै आएका छन् । स्थानीय एग्रोभेटहरूले म्याद गुज्रिएका तरकारीजन्य बिउ बिक्री गरेको पाइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोषकुमार चौधरीले बताउनुभयो ।
पानी परेपछि किसानलाई राहत
लामो समयपछि पानी परेपछि बाराका किसान खुसी भएका छन्। सुक्दै गएको गहुँ, धान र अन्य बाली पानी परेपछि सप्रिने भन्दै किसान खुसी भएका हुन्।
बाँकेको पाँच हजार बढी हेक्टर क्षेत्रफलमा डढेलो
बाँकेमा पाँच हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।
सिटिईभिटीको प्रदेश कार्यालय राजधानी सार्न निर्देशन
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिईभिटी)को प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।
महिना दिनमै तीन हजार हेक्टर वन सखाप
पाल्पामा एक महिनामा तीन हजार हेक्टर बढी क्षेत्रमा डढेलो लागेको छ । गत वर्ष एक महिनाको अवधिमा एक हजार हेक्टर वन क्षेत्रमा मात्र डढेलो लागेकोमा यो वर्ष एक महिनामै तेब्बर क्षेत्रमा डढेलो लागेको छ ।
सेनाद्वारा विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास
नेपाली सेनाले विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ । बाँकेको राँझास्थित श्री नं. ४ बाहिनी अड्डा तथा श्री बज्रदल गणको संयुक्त आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ स्थित वाटरपार्कमा विपद् व्यवस्थापनसम्बन्धी सम्भावित बाढी, डुबान, खोज तथा उद्धार सम्बन्धमा सेनाले पूर्वाभ्यास गरेको हो ।
डढेलोले ३१ सय हेक्टर वनमा क्षति
स्थानीयको लापरबाही, अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायत कारणले दिनहुँ डढेलो लागि रहेको छ । गएको फागुन महिनादेखि यता प्रायः दिनहुँ जिल्लाका विभिन्न वनमा डढेलो लागि रहेको हो ।
दुर्गम गाउँमा विद्युतीकरण गरिँदै
दुर्गम गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित गिजनचउर र छाप गाउँमा पहिलो पटक बिजुली बलेको हो ।
मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ
बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ ।
औद्योगिक उत्पादन कटौती गर्दै रुपन्देहीका उद्योग
रुपन्देहीका उद्योगले आफ्नो औद्योगिक उत्पादनमा भारी मात्रामा कटौती गरेका छन् ।
३० किलो मासु र ३ थान बन्दुकसहित ४ जना पक्राउ
कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगंगा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासु सहित ४ जनालाई पक्राउ गरेको छ ।
शान्ति सहर घोषणाको माग
भगवान् बुद्ध जन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागीले बौद्ध ध्यान र साधनाको राजधानीका रूपमा शान्ति सहर घोषणा गर्न माग गरेका हुन् ।
दिवा खाजा खाँदै विद्यार्थीहरु
दाङको राप्ती गाउँपालिका १ स्थित राप्ती गंगा प्राथमिक विद्यालयका विद्यार्थीलाई दिवा खाजामा मकै दिँदै विद्यालयकी कर्मचारी विष्णु पाण्डे ।
खिरट्टेमा मौरीका घार
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित खिरट्टेमा भाडाको जग्गामा दिपककुमार श्रेष्ठले वर्षायाममा मौरीलाई सुरक्षित राख्न तयार पार्नुभएको मौरिको घार ।
‘गोरखापत्रले जनताको एजेण्डा बोक्नपर्छ’
गोरखापत्रले जनताको एजेण्डा बोक्नुपर्नेमा जोड दिइएको छ । गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रदेश स्तरीय कार्यालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै बक्ताहरुले गोरखापत्रलाई नागरिकप्रतिको जवाफदेहितालाई सदैव ख्याल राख्न आग्रह गर्नुभयो ।
राहतका लागि प्रदेश सरकार लागिरहेको छ : मन्त्री पन्थी
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले आगलागी पीडितसमक्ष राहत पुर्याउन प्रदेश सरकार प्रतिबद्ध भएर लागेको बताउनु भएको छ ।
डुम्रे गुफाचौर होलाङ्दी सडक स्तरोन्नति हुने
तानसेनको डुम्रेदेखी गुफाचौर हुँदै होलाङ्दी सडकको स्तरोन्नति हुने भएको छ । तानसेन नगरपालिकाले विश्व बैङ्कसँग सम्झौता गरी सडक फराकिलो तथा कालोपत्रे हुने भएको हो ।
गर्मीमा पनि उत्साहजनक रक्तदान
अत्यधिक गर्मी र तातो हावा चलिरहेको समयमा पनि बाँकेमा उत्साहजनक तरिकाले रक्तदान भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका अनुसार हरेक वर्ष गर्मीका बेला रक्तदान गर्नेहरूको सङ्ख्यामा कमी आउनेगरेका कारणले अत्यधिक गर्मीको बेला रगतको चरम अभाव हुने गरेको छ ।
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी(आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताउनुभएको छ ।
रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुने
पहाडी जिल्ला गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा रहेको रेसुङ्गा विमानस्थलमा हप्ताको चार उडान हुने भएको छ । हाल हप्तामा तीन पटक मात्रै उडान हुँदै आएकोमा यही वैशाख २९ गतेदेखि हप्तामा चार पटक उडान हुने भएको हो ।
चिया पसलदेखि तारे होटलसम्म
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ का माधवप्रसाद नेपाल एक सफल व्यवसायी हुनुहुन्छ । अहिले रुपन्देहीको बुटवल उपमहानगरपालिका–९, नयाँ बसपार्क छेउमा होटल न्यु इरा सञ्चालन गर्दै आएका नेपाल सामान्य परिवारमा जन्मेर पनि ठुलो मेहनत र परिश्रमपछि एक सफल पर्यटन व्यवसायी बन्न सफल हुनुभएको छ ।जीवनमा निकै सङ्घर्ष गरेर व्यावसायिक सफलता पाउन सकेकामा उहाँ अहिले प्रसन्न हुनुहुन्छ । पाल्पाको लुम्बिनी मावि लुङमा अध्ययन गर्नुभएका नेपालले २०३३ सालमा एसएलसी परीक्षा उ
भ्यान दुर्घटना हुँदा दुईजना घाइते
भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–२ कुरमा लु ३ त ४३५८ नम्बरको मारुती भ्यान आइतबार दुर्घटना भएको हो ।