अत्यधिक गर्मी र तातो हावाले नेपालगन्जकाे जनजीवन प्रभावित
गत केही दिनयता नेपालगन्जमा अत्यधिक बढेको गर्मी र नियमित चलिरहेको तातो हावा लु का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ। बिरामी हुनेमा बालबालिका सबैभन्दा बढी छन् ।
लैङ्गिक रूपान्तरण, समावेशी शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी तालिम
सङ्घीय सांसद जाबेदा खातुनले विद्यालयमा लैङ्गिक मैत्री शिक्षा, सरसफाइ, पर्याप्त शौचालय र छात्रालाई सेनेटरी प्याडको उपलब्धतामा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।
खाडीमा कार्यरत युवालाई ठग्ने गिरोह नेपालमा सक्रिय
खाडी मुलुकमा दुःख गरेर युवाहरूले कमाएको अर्बौँ रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । यसरी ठगिने सायौ युवाहरू बाँकेमा रहेको पीडितहरूले बताएका छन् ।
झगडिया गाउँमा आगलागी, नौ घर जलेर नष्ट
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ ।
बिना अनुमति सञ्चालन भएको पुस्तक पसललाई ५० हजार जरिवाना
नेपालगन्जमा अनुमति प्राप्त बिना सञ्चालनमा आएको एउटा पुस्तक पसललाई कारबाही गरिएको छ । कारबाही स्वरूप उक्त पसललाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ ।
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा कृत्रिम उद्धार अभ्यास
वर्षाको समयमा नदी नाला तथा विभिन्न खोलाहरूमा आउने बाढीले बर्सेनि ठुलो जनधनको क्षति पुर्याउँदै आएकाले सो क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरीले बाँकेको अगैयास्थित राप्ती नदीमा जलउत्पन्न प्रकोप कृत्रिम उद्धार अभ्यास गरेको छ ।
पूर्व मन्त्री श्रीपालीलाई पुत्री शोक
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलाई पुत्री शोक परेको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पूर्व मन्त्री श्रीपालीका माइली छोरी सङ्गीता श्रीर्पालीको मङ्गलबार निधन भएको हो ।
अग्निपीडित त्रिपालमुनि : बालबालिका र ज्येष्ठ नागरिकलाई समस्या
दाङको राजपुर गाउँपालिका–७, हाडबास निवासी ७० वर्षीय तिला योगी दुई दिनदेखि त्रिपालमुनि बास बस्दै आउनुभएको छ । जङ्गलमा लागेको आगोले राप्ती नदीको बगर हुँदै राजपुर गाउँपालिका–७, हाडबास बस्तीमा पसेर २४ घर खरानी बनेपछि योगी परिवार बारीमा त्रिपाल टाँगेर बस्दै आएको छ ।
नेपालगन्जमा पहिचान खुल्न नसकेको शव भेटियो
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा एक महिलाको शव फेला परेको छ।
जाऔँ हिँड रेसुङ्गा अभियान
ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा जैविक विविधताबारे प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गर्ने भएको छ ।
लुबाट जोगाउन घरघरमा स्वयंसेवक
नेपालगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणलाई तातो हावा (लु) बाट जोगाउन घरघरमा स्वयंसेवक खटाइको छ।
गुल्मीमा आगलागीबाट ठूलो क्षति
गुल्मीमा डिभिजन वन कार्यालय गुल्मीले उच्च सतर्कता अपनाउन र आगो नियन्त्रणमा आम जनता सहभागी हुन अपिल गरेको छ ।
बाँकेमा पोलियो र डिपिटी खोप अभाव
स्वास्थ्य कार्यालय बाँकेमा बालबालिकालाई नियमित रुपमा लगाउनुपर्ने पोलियो र डिपिटी खोप अभाव भएको छ ।
डढेलो नियन्त्रणका गर्न अग्नि रेखा प्रभावकारी
गत केही समययता आएर बाँकेका सामुदायिक र राष्ट्रिय वन जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । जिल्लाका सामुदायिक र राष्ट्रिय वन जङ्गलमा डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले निर्माण गरेको दुई हजार किलोमिटर अग्नि रेखा प्रभावकारी बन्दै गएको हो ।
गर्मीले जनजीवन अस्तव्यस्त
रुपन्देहीमा पछिल्लो एक सातायता गर्मी अत्यधिक बढेको छ । बिहानैदेखि चल्ने तातो हावा सहितको गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ ।
आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने , कहाँ बस्ने !
गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो ।
पैंचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालन
गुल्मीमा पैंचो पसल प्रालिले पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ ।
चैते धान खेतीको क्षेत्र विस्तार
माण्डवी गाउँपालिका–५ स्थित पारथुंगा फाँटमा यस वर्ष किसानले पहिलो पटक चैते धान लगाएका छन् । एक बाली मात्र धानखेती गर्दै आएका किसानले यसवर्ष चैते धान लगाएका हुन् । करीव पाँच सय रोपनी क्षेत्रफल रहेको फाँटमा किसानहरुले चैते धानको रोपाई गरिसकेका छन् ।
ऐतिहासिक ‘नुनमार्ग’ निर्माणको पहल
बुटवलको पुरानो बजार ‘बटौलीदेखि पाल्पाको भैरवस्थान’ जोड्ने पुरानो नुन बोक्ने ऐतिहासिक सिल्क सडक छिटो निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । बुटवलदेखि पाल्पाको दोभान, मस्याम हुँदै भैरवस्थान पुग्ने ऐतिहासिक सिल्क सडकले पहाड र हिमाललाई तराईसँग जोड्ने गरेको छ । त्यति मात्र नभई उत्तरी तिब्बत र दक्षिणी भारतसम्म जोड्ने प्राचीन रेसममार्गको एक भागसमेत भएकाले सडक निर्माणको काम छिटो गर्नसमेत सुझाव दिइएको छ ।
पानीका लागि डेढ घण्टा
घोरदौरा घोराही बजारदेखि नजिकै रहेको बस्ती हो । जिल्लाको मुख्य केन्द्रदेखि करिब छ किलोमिटरको दुरीमा रहेको उक्त बस्तीमा अहिले खानेपानीको चरम सङ्कट देखिएको छ । गर्मी बढेसँगै करिब सात/आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको धारा सुकेपछि यस्तो समस्या आएको हो । यहाँका करिब ६० देखि ७० घरपरिवार एकै ठाउँको पानी खान बाध्य छन् ।
आगो लगाउने १८ जना पक्राउ
आगो लगाउने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तानसेन, बगनासकाली र रिव्दीकोटका विभिन्न स्थानमा आगो लगाउने १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तानसेनमा म्याद नाघेका बस्तु बिक्री
तानसेनमा म्याद गुज्रिएका अखाद्य सामग्री बिक्री भएको पाइएको छ । जिल्ला सदरमुकाम तानसेनका विभिन्न स्थानमा म्याद नाघेका अखाद्य बस्तु बिक्री भएको पाइएको हो ।
तातो हावाको लहरले जनजीवन प्रभावित
नेपालगन्जमा विगत केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ ।
तम्घास–रिडी सडक एक महिना बन्द हुने
मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक एक महिना बन्द हुने भएको छ। रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न लागिएकाले बन्द हुने भएको हो।