• ८ जेठ २०८१, मङ्गलबार

झगडिया गाउँमा आगलागी, नौ घर जलेर नष्ट

blog

आगलागीले जलेर नष्ट भएका घर । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख १९ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दिनु भएको जानकारीअनुसार बच्चाहरू खेल्नेक्रममा रमेश गद्दीको घरबाट सुरु भएको आगलागीबाट गाउँका छ वटा घर र तीन वटा गोठ जलेर नष्ट भएको छ । 

नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

दमकल समयमै आएकाले मानवीय क्षति नभएको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो । उहाँले हावाहुरीको मौसममा खाना पकाउँदा वा पकाइसकेपछि सावधानी अपनाउन सर्वसाधारणसँग आग्रह गर्दैआएको बताउनुभयो । हावाहुरीको मौसममा जिल्लाको नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका विभिन्न ठाउँमा हरेक वर्ष आगलागी हुने गरेको छ ।