गोरखापत्रकर्मी ज्ञवालीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार
गोरखापत्रकर्मी कपिल ज्ञवाली उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।नेपाल पत्रकार महासंघ रूपन्देहीको १२ औँ अधिवेशन तथा साधारणसभाका अवसरमा उहाँलाई सम्मान प्रदान गरिएको हो ।
पत्रकारिता पेशा थप मर्यादित बनाउनुपर्छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशालाई थप मर्यादित बनाएर लैजानुपर्ने बताउनुभएको छ ।
निर्वाचन पद्धतिबारे आवश्यक समीक्षा जरुरी : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धतिबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । निर्वाचन पद्धतिका कारण पटक–पटक सरकार परिवर्तन हुँदा तीनै तहको सरकार सञ्चालनमा असर देखिएको बताउनुभयो ।
व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु
बाँकेको खजुरा गाउँपालिकामा व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु भएको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिस्टिक ३२५ एनको दोस्रो राष्ट्रिय सम्मेलन नेपालगन्जमा सुरु
समाज सेवामा अग्रणी स्थान बनाउन सफल रहेको लायन्स अन्तर्राष्ट्रिय डिस्टिक ३२५ एनको दोस्रो राष्ट्रिय सम्मेलन नेपालगन्जमा शनिबार सुरु भएको छ ।
इस्माका अग्निपीडितलाई रेसुङ्गाको सहयोग
गुल्मीको इस्मा गाउँपालिकाका अग्निपीडितको सहयोगका लागि रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आगलागी भएको स्थानमा पुगेर इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्कालाई दुई लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
आगलागीपीडितलाई राहत प्रदान
रुपन्देहीमा आगलागीबाट अहिलेसम्म डेढ सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीयका घरसँगै ६ करोड बढीको आर्थिक नोक्सानी भएको छ ।
भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निः शुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य छन् ।
नहरमा पौडी खेल्न गएका बालकको डुबेर मृत्यु
बाँके जिल्लाको कोहलपुर नगरपालिका ६ रझेनामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
अन्तरव्यवस्थापिका भेला सुरु
प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा देशभरका सात वटै प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेला तानसेनमा सुरु भएको छ । लुम्बिनी प्रदेश सभाको आयोजनामा शुक्रबारदेखि तानसेनमा अन्तरव्यवस्थापिका भेला सुरु भएको हो । भेलाका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद् र प्रदेश संसद्का बिच अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको बताउनुभयो । उहाँले सङ्घीय संसद् र प्रदेश संसद्ले अभ्यास गरेका राम्रा पक्ष आदानप्रदान गर्न र संसद्लाई थप व्यवस्थित बनाउन भेलाले मार्गदर्शन गर्ने विश्वास गर्नुभयो ।
खानेपानीको पहुँचमा छपन्न प्रतिशत
दाङ जिल्लाको ५६ प्रतिशत घरपरिवारमा धाराको खानेपानीको पहुँच पुगेको छ । प्रदेश संरचना स्थापना हुँदा जिल्लामा पाइपबाट खानेपानीको पहुँच पुग्ने घरपरिवारको सङ्ख्या ३५ प्रतिशत थियो । अहिले उक्त सङ्ख्या बढेर ५६ प्रतिशत अर्थात् ८३ हजार ५९० घरपरिवार पाइपलाइन सञ्जालमा जोडिएका हुन् ।
नेपालगन्ज सिटी हलको निर्माण अधुरै
तीन पटक म्याद थपिँदा समेत सहरी विकास मन्त्रालय अन्तरर्गत नेपालगन्ज १४ भवानीयपुरमा निर्माणाधीन बहुउदेश्यीय सिटीहलको निर्माण अझै अधुरै रहेको छ।
पानी माग्दै भुमे पूजा
लामो सयमसम्म पानी नपरेपछि गुल्मीमा भुमे देवता पूजा गरिएको छ ।
नेपालगञ्जमा ट्राफिक प्रहरीको सचेतना अभियान
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियमबारे बढी भन्दा बढीलाई जानकारी गराउन सचेतना अभियानलाई तिव्र पारेको छ।
गुल्मीमा तीन हजारभन्दा बढीकाे औलो परीक्षण
गुल्मीमा तीन हजार ८५ जनामा औलो परीक्षण गरिएको छ ।
नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न
भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।
नरैनापुरमा औलोको प्रकोप
चालु आर्थिक वर्षको हालसम्म एक सय एक जना औलोका नयाँ बिरामी भेटिएपछि गाउँपालिकाले सो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।
‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’
। नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किनुहुन्छ । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उहाँलाई ।
स्वर्गद्वारी पुग्न सहज हुँदै
सडक मर्मत र सुधारपछि लुम्बिनी प्रदेशको प्रसिद्ध र महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारी पुग्न दर्शनार्थीलाई सजिलो भएको छ । शान्त र रमणीय स्थानमा रहेको स्वर्गद्वारी पुग्ने सडकमा सडक सुरक्षा र मर्मतको काम भएसँगै दर्शनार्थीलाई पुग्न सहज भएको हो । राप्ती गाउँपालिका दाङका दामोदर आचार्यले पक्की सडक भएकाले मन्दिर पुग्न सजिलो भएको बताउनुभयो । अहिले भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्मको १४ किलोमिटर सडकमा सडक सुरक्षा र मर्मतको काम भएकाले सजिलो भएको आचार्यको अनुभव छ । उहाँले भन्नुभयो, “बाटोमा खाल्टाखुल्टी छैन । सानो गाडी पनि सजिलै आउन सक्छ ।”
बढ्दै मलेरियाका बिरामी
पाल्पामा मलेरिया (औलो) का बिरामी देखिने क्रम बढेको छ । भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गत आर्थिक वर्षमा पाल्पामा पाँच जनामा मलेरिया पुष्टि भएकोमा यो वर्ष चैत मसान्तसम्ममा छ जनामा पुष्टि भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । विगतका वर्षमा एक/दुई जनामा मात्र देखिने मलेरिया (औलो) जाँच बढाएपछि बिरामी भेटिने क्रम बढेको कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
डढेलोले ४२ घर पूर्णक्षति
अर्घाखाँचीमा आगलागीबाट ४२ घर पूर्णरुपमा जलेका छन् । घर जलेपछि पीडित परिवार त्रिपालमुनी बस्न बाध्य छन् । ५८ गोठ पूर्ण र दुई आंसिक गरी ६० वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बाल सुधारगृहका ३५ जनासहित १० हजारभन्दा बढीले कक्षा १२ को परीक्षा दिँदै
राष्ट्रिय परीक्षा वोर्डले शुक्रबारबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा बाँकेबाट बाल सुधारगृह र कारागारका बन्दीसहित १० हजारभन्दा बढी सहभागी हुँदैछन् ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपाालिका वडा नम्बर ३ गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अर्घाखाँचीमा एक सय तीन घरगोठ जले
अर्घाखाँचीमा आगोलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा जलेका छन् ।