टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न माग
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्कीले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनलाई मागपत्र पेश गर्नुभएको छ ।
भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण
उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपालगन्जको तापक्रम ४० डिग्री, जनजीवन प्रभावित
नेपालगन्जमा केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाका कारण जनजीवन प्रभावित बनेको छ । यहाँको तापक्रम अधिकतम तापक्रम ४० डिग्री पुगेपछि बाहिर निस्कन र हिँडडुल गर्न समस्या भएको हो ।
नेपालगन्जका होटल भरिभराउ
नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम ह्वात्तै बढेको छ । खास गरी भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेर त्यसको प्रचारप्रसार तीव्र पारिएकाले भारतीय पर्यटकहरू आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
बेमौसमी मकै खेतीबाट आम्दानी लिँदै किसान
दाङमा किसानले बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकीकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका छन् । सुक्खा समयमा पनि मकै खेतीबाट आम्दानी लिन सकिने भएपछि अन्य काम छोडेर मकै खेतीमा लागेको लमही नगरपालिका–४, सेमरहवा निवासी किसान राजबहादुर चौधरी बताउनुहुन्छ । पहिले घरमा खानका लागि मात्रै मकै खेती गर्दै आउनुभएका चौधरीले पछिल्लो समय करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा मकै खेती गर्न थाल्नुभएको छ ।
बाँकेका ६३ सामुदायिक वनमा डढेलो
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको छ। डढेलोका कारण वनमा ठुलो धनजनको क्षति नभए पनि जीवजन्तु सङ्कटमा परेको शमशेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो।
गुल्मीमा आगलागीबाट ८९ घर गोठ जले, ८३ पशु चौपाया मरे
गुल्मीका विभिन्न १४ स्थानमा शनिबार एकैदिन भएको आगलागीबाट ८९ घर गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट ४१ घर, ४८ गोठ, ८३ पशुचौपाया, एक ट्याक्टर, दुई कुटानपिसान मिल, एक मन्दिर र दुई किराना पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
फुटसलमा ग्लोबल आइएमई बैङ्क च्याम्पियन
अन्तर बैङ्क फुटसल प्रतियोगिता–२०८१ को उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ । आइतबार भएको फाइनल खेलमा ग्लोबल आइएमई बैङ्कले कुमारी बैङ्कलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
बुटवललाई स्वास्थ्यको हब बनाउने स्वास्थ्यमन्त्री पुनको दाबी
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका आवश्यक निगरानी गर्ने उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिनुभएको हो ।
पत्रकार महासङ्घको स्वास्थ्य शिविरमा निःशुल्क उपचार
बाँकेको दुर्गम, पिछिडिएको र स्वास्थ्य सेवाको कम पहुँच भएको राप्तीसोनारी गाउँपालिकामा नेपाल पत्रकार महासंघ बाँकेले आयोजना गरेको निशुल्क स्वास्थ्य सिविरबाट तीन सय बढीले निशुल्क उपचार गराएका छन् ।
अनलाइन जुवा खेलाउने १५ जना पक्राउ
अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोवाइल सहित १५ जना पक्राउ परेका छन् ।
रुपन्देहीका नौ गाउँमा आगलागी
तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवम् घरमा क्षति भएको छ ।
बेमौसमी मकैखेतीबाट आम्दानी लिँदै किसान
दाङमा किसानले बेमौसमी मकैखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका छन् ।
गुल्मीमा जिप दुर्घटना
गुल्मीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका( २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बक्यौता नतिर्ने दुई हजारभन्दा बढी ग्राहकको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म समयमै महसुल नबुझाउने दुई हजार १४६ ग्राहकको लाइन काटेको छ । एक अर्ब ९७ करोड पाँच लाख ८८ हजार ७५६ रुपियाँ बक्यौता नतिर्नेको लाइन काट्दा एक हजार ८२८ ले मात्रै पुनः मिटर जडान गरेको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभएको छ । घोराही वितरण केन्द्र अन्तर्गत घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका पर्ने गर्दछन् । जस अन्तर्गत ५१ हजार ४७७ ग्राहक रहेका छन् ।
विद्युतीय चार्जिङ स्टेसन सञ्चालन
नेपालगन्जमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क परिसरभित्र नमस्ते गोर्खाली यातायात सेवा प्रालिले उक्त चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । विद्युतीय सवारीसाधन खरिद गर्ने बढ्दै गएकाले नेपालगन्जमा विद्युतीय सवारीसाधन चार्ज गर्ने चार्जिङ स्टेसनको आवश्यकता र माग दुवै बढ्दै गएको थियो । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीवकुमार सिंहले सो चार्जिङ स्टेसनको उद्घाटन गर्दै यस्ता चार्जिङ स्टेसन नेपालगन्जका धेरै ठाउँमा आवश्यक रहेकाले त्यसका लागि विद्युत् प्राधिकरण सकारात्मक रहेको बताउनुभयो ।
आगो निभाउने क्रममा दुई जना घाइते
जिल्लाको विभिन्न स्थानमा लागेको आगो निभाउने क्रममा तीन जना घाइते भएका छन् । शनिवार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा रैनादेवी छहरा–१, का ५५ वर्षका टोपबहादुर बुढा गम्भीर घाइते हुनुभएको छ । उहाँको थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिनुभयो ।
सत्तरी करोडभन्दा बढीको जडीबुटी निकासी
जडीबुटी निकासीको प्रमुख नाका मानिएको नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि नौ महिनामा ७० करोडको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको अनेकौँ कठिनाइका बाबजुद पनि व्यवसायीले नौ महिनामा ७० करोडको जडीबुटी निकासी गर्न सफल हुनु निकै सकारात्मक भएको बताउनुभयो ।
आगलागी हुँदा पाँच घर र गोठ जलेर नष्ट
जिल्लाको माथागढी –४, झडेवास्थित मकलेको जामुनडाँडा र गढीबारीमा आगलागी हुँदा पाँच घर र गोठ जलेर नष्ट भएको छ । शनिबार दिउँसो स्थानीय खमीसरा काम्मुको गोठमा लागेको आगो फैलिएर छिमेकी पाँच जनाको घर तथा ६ वटा गोठमा आगो लागेको हो ।
गुल्मीमा आगलागीले करोडौंको क्षति
गुल्मीका विभिन्न स्थानमा दुई दिनदेखि आगलागी हुँदा सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको छ। शुक्रबारदेखि यस जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर गोठ जलेर नष्ट हुनुका साथै सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको बताइएको छ।
राप्ती सोनारीमा आगलागी हुँदा घर र गोठ जले
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–६ हब्रहवा गाउँमा शनिबार दिउँसो आगलागी हुँदा १ घर र २ वटा गोठ जलेर नष्ट भएका छन्।
ग्रामीण नेता खत्रीलाई मन्त्री जिम्मेवारी
लुम्विनी प्रदेश सरकारका नवनियुक्त मन्त्री रत्नबहादुर खत्रीको पहिचान ग्रामीण नेताको रहेको छ । तत्कालीन गाउँ विकास समितिका अध्यक्षका छोरा समेत रहेका खत्रीलाई मन्त्री जिम्मेवारी प्राप्त हुँदा स्थानीय खुशी भएका छन् ।
दिउँसै खुडा प्रहार गर्न खोज्ने युवक प्रहरी नियन्त्रणमा
नेपालगन्जको राझा चोकमा दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।