• २३ वैशाख २०८१, आइतबार

गुल्मीमा जिप दुर्घटना

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ९ गते । गुल्मीमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका( २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबाट जिप चालक २५ वर्षीय ओमबहादुर सारू घाइते हुनुभएको छ । जिप सडकबाट पाँच मिटर तल खसेको थियो । घाइतेको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।