बेलहिया नाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि
रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पछिल्लो समय यो नाका हुँदै पर्यटक आउने क्रम बढ्दै गएको हो । स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्याङ्क भने राख्ने गरिएको छैन । पर्यटन व्यवसायी एवं सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर (सोट्टो) नेपालका लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताका अनुसार भारतीय पर्यटकको आवागमन पनि पछिल्लो समय बाक्लिएको छ । बेलहिया नाका नेपालमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । राहदानी प्रयोग गर्ने विदेशी पर्यटक सबैभन्दा बढी यही नाका हुँदै आउने गर्छन् । यो नाका हुँदै आउने भारतीयको कुनै तथ्याङ्क नराखिएकाले यति भारतीय नेपालमा आए भन्न सकिँदैन तर पछिल्लो तीन महिनामा ५० हजारभन्दा बढी भारतीय यो नाका हुँदै नेपालका विभिन्न स्थानमा घुम्न गएको पर्यटन व्यवसायीको अनुमान छ ।
गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने
गुल्मीमा आगामी जेठ १५ गतेसम्म सबै विद्यार्थीको आँखा परीक्षण गरिने भएको छ । नेपाल नेत्र ज्योती सङ्घ जिल्ला शाखाको बैठकले जिल्लाका सबै विद्यालयका विद्यार्थीको आँखा परीक्षण गर्ने निर्णय गरेको हो ।
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।
नेपालगन्ज विमानस्थलबाट नौ महिनामा नौ हजार उडान
नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख सुरेश खनालले पश्चिम नेपालसँग राजधानी काठमाडौं र कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न हिमाली र पहाडी जिल्लालाई जोड्ने काम गर्दै आएको नेपालगन्ज बिमानस्थलमा उडान बढ्दै गएको बताउनुभयो।
जङ्गलको बिचमा रहेको बस्ती जोगाउनै मुस्किल
गर्मीयाम सुरु भएसँगै दमकल नकुदेको दिन नै छैन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको दमकलका चालक गोविन्द विश्वकर्मा गर्मीयाम सुरुभएसँगै दैनिक जसो वन जङ्गलमा लागेको डढेलो निभाउन पुग्नुहुन्छ ।
स्वास्थ्य स्वयंसेविकाको सम्मानसहित बिदाइ
लामो समयदेखि माातृशिशु स्याहारमा क्रियाशिल महिला स्वास्थ्य स्वयं सेविकाकालाई सम्मानसहित बिदाइ गरिएको छ ।
बाँकेमा नौ महिनामा ९८ वटा साइबर अपराधका उजुरी
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् ।
साहित्यकारद्वय शर्मा र ढकाल सम्मानित
धवल पुस्तकालयद्वारा स्थापित पुरस्कार साहित्यकारद्वय चोलेश्वर शर्मा र प्रा. डा. वेणीमाधव ढकाललाई प्रदान गरिएको छ ।
बाँकेका उद्योगी व्यवसायीद्वारा करको दर परिवर्तन गर्न माग
बाँकेका अधिकांश उद्योगी व्यवसायीहरूले भन्सार दर र करको दर परिवर्तन हुनुपर्ने माग राखेका छन् । केही दिनअघि राजश्व परामर्श समितिले जिल्लाका उद्योगी, व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै करका विषयमा सुझाव सङ्कलन गर्दा उनीहरूले सो सुझाव दिएको व्यवसायीको भनाइ छ ।
प्युठानमा आगलागीका ७५ घटना, ३५ घरमा क्षति
सुक्खायाम सुरु भएसँगै प्युठानमा आगलागीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले चैत र वैशाख महिनाको दोस्रो सातासम्म आगलागीका ७५ घटना भएको जनाएका हुन् ।
अपहरणको आरोपमा पाँच जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधबार दिउँसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं. ४ मालपराका विनीत मिश्रको प्रहरीले आठ घण्टा पछि बुटवलबाट सकुशल उद्धार गरेको हो ।
डढेलोले जनजीवन प्रभावित
सुक्खा खडेरीका कारण पाल्पा जिल्लाको विभिन्न स्थानमा लागेको डढेलोले जनजीवन प्रभावित बनाएको छ । गत वर्षको ५० भन्दा बढी स्थानमा डढेलो लागेको थियो भने यो वर्ष बढेर ८० भन्दा बढी स्थानमा डढेलो लागिसकेको छ । डढेलो नियन्त्रणको प्रयास सफल हुन नसक्दा मानिस त्रसित बन्नु परेको छ भने एक महिनायता स्थानीयवासी, सुरक्षाकर्मीलगायत डढेलो निभाउन खटिएका छन् । लामो समयसम्म परेको खडेरी र हावाहुरीका कारण डढेलो लाग्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।
बाँकेका किसान चैते धानप्रति आकर्षित
प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।
साढे चार लाखको अवैध सामान बरामद
प्रहरीको सक्रियता बढ्दै जाँदा भारतबाट भन्सार छलेर नेपालगन्जमा भित्र्याइएका अवैध सामान प्रहरीले दैनिक बरामद गरिरहेको छ।
लुम्बिनीमा मन्त्रीले पाए जिम्मेवारी
लुम्बिनीका मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका मन्त्रीहरूले जिम्मेवारी पाउनुभएको हो ।
डढेलो निभाउन गएको दमकलमै आगलागी
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको छ । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।
अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा पाँच घाइते
अर्घाखाँचीमा विद्युतीय गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। शीतगङ्गा नगरपालिका-३ राजुबासमा बुधबार दिउँसो लु १ ज ४८७३ नम्बरको विद्युतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतिकसिह राठौरले जानकारी दिनुभयो।
ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार
तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका-९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।
बाँकेका किसान चैते धानखेतीमा
बाँकेमा नयाँ-नयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् ।
रेबिजविरुद्धको खोप नहुँदा सेवाग्राही मर्कामा
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
इस्माले अग्नि पीडित परिवारलाई एक लाख दिने
गुल्मीको इस्मा गाउँपालिकाले अग्नि पीडितको घर निर्माणका लागि प्रति परिवार तत्काल एक लाख रुपियाँ उपलब्ध गराउने भएको छ ।
भेरी अस्पताल तेस्रो पटक उत्कृष्ट
नेपालगन्जस्थित भेरी अस्पताल लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उक्त अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेर देशभरिमै लगातार तेस्रो पटक उत्कृष्ट बनेको हो ।
‘आर्थिक वर्ष सकिन लाग्दा पनि सुरु भएन योजना ’
आर्थिक वर्ष २०८०–८१ सम्पन्न हुन तीन महिना कम समय छ । तर लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेका कतिपय योजनाको अहिलेसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन ।
आगलागीबाट घर जलेर नष्ट
जिल्लाको निस्दी गाउँपालिका–२, पुरान्थरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।