• २३ वैशाख २०८१, आइतबार

अन्तर व्यवस्थापिका अन्तरसंवाद भेला तानसेनमा

blog

भेलाबारे जानकारी दिनुहुँदै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, वैशाख १४ गते ।
पाल्पाको तानसेनमा शुक्रबारदेखि अन्तर व्यवस्थापिका अन्तरसंवाद भेलाको आयोजना गरिएको छ । भेलाका लागि सङ्घीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, सात वटै प्रदेशसभाका सभामुखहरू बिहीबार तानसेनमा आइपुग्नुभएको छ ।

सङ्घीयतालाई कार्यान्वयनलाई प्रभावकारी बनाउन भेलाको आयोजना गरिएको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभाको आयोजनामा हुने भेलाको सबै तयारी पूरा भएको उहाँले बताउनुभयो ।

भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणापत्रमा छलफल हुनेछ । यस्तै उत्तरविद्यायिकी परीक्षण कार्यविधि सङ्घीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, अन्तर व्यवस्थापिका मञ्च, नेपालको विद्यान प्रस्तुती हुने लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । भेलामा सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आ–आफ्ना सुझाव राख्ने कार्यक्रम छ ।

भेलाले सङ्घीयतालाई कार्यान्वयन गर्न र प्रदेशलाई स्थापित गर्नमा सहयोग पुर्‍याउने बताइएको छ ।

भेलामा एक प्रदेशसभाले गरेको असल अभ्यासलाई अर्को प्रदेश सभाका लागि सिकाई हुने विश्वास गरिएको छ । यही भेलाबाट प्रतिनिधि सभाका सभामुखको नेतृत्वमा अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने बारे छलफल गरिने सभामुख घर्तीमगरले बताउनुभयो । यस्तै, संसदका लागि आवश्यक बजेट व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा पनि छलफल हुने उहाँले बताउनुभयो ।