• १५ असार २०८२, आइतबार

कैलालीमा नदीमा डुबेर एक युवकको मृत्यु

blog

निराजन परियार

कैलाली, असार १५ गते ।  कैलालीको जोशीपुर गाउँपालिकामा माछा मार्ने क्रममा एक युवकको पथरैया नदीमा डुबेर ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरी माछा मार्ने क्रममा असार १४ गते साँझ ५ बजे पथरैया नदीमा डुबी मृत्यु भएको हो।

स्थानीयवासीको अनुसार घर नजिकै रहेको पथरैया नदीमा साथीहरूसँग माछा मार्न गएका थिए। सोही क्रममा अचानक गहिरो पानीमा फसेर डुबेका चौधरीको केही समयपछि उद्धार गरिएको थियो। उद्धारपछि उहाँलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने प्रयास गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।