• २३ वैशाख २०८१, आइतबार

प्युठानमा आगलागीका ७५ घटना, ३५ घरमा क्षति

blog

आगलागीका कारण जलेर नष्ट भएको घर । तस्बिर :सलिम मियाँ

सलिम मियाँ
बिजुवार, वैशाख १३ गते ।
 सुक्खायाम सुरु भएसँगै प्युठानमा आगलागीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले चैत र वैशाख महिनाको दोस्रो सातासम्म आगलागीका ७५ घटना भएको जनाएका हुन् ।

प्युठान प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले हालसम्म आगलागीका कारण ३५ घर र ६८ वटा गोठ जलेर नष्ट भएको बताउनुभयो । उहाँका अनुसार ५९ वनमा आगलागी भएको छ भने ९६ पशु चौपायाको जल्दा १९ चौपाया घाइते भएका छन् ।

त्यस्तै, आगलागीबाट ६९ पन्क्षी जलेर नष्ट भएको प्रहरीद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । जिल्लाका स्थानीय जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएर मानव बस्तीमा समेत आगलागी हुने गरेको छ ।

बर्सेनि आगलागी र डढेलोबाट आर्थिक र पर्यावरणीय क्षति बढ्दै गए पनि रोकथामका लागि स्थानीय सरकार र वन कार्यालयले पर्याप्त र प्रभावकारी पूर्वतयारी गरेको देखिँदैन । उद्यमी आगलागी नियन्त्रणमा भने प्रहरीले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि मातहातका प्रहरी चौकी र एकाइ मार्फत प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

जिल्लाका अग्निपीडित छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् भने उनीहरूले उद्धार र राहतमा ढिलाइ गरिएको गुनासो गरेका छन् ।