• २३ वैशाख २०८१, आइतबार

साहित्यकारद्वय शर्मा र ढकाल सम्मानित

blog

रेखीराम राना

तानसेन, वैशाख १३ गते । धवल पुस्तकालयद्वारा स्थापित पुरस्कार साहित्यकारद्वय चोलेश्वर शर्मा र प्रा. डा. वेणीमाधव ढकाललाई प्रदान गरिएको छ । नेपाली हास्यव्यङ्ग्य विधाका वरिष्ठ साहित्यकार शर्मा र संस्कृत तथा नेपाली वाङ्मयका विराट् व्यक्तित्व प्रा. डा. ढकाललाई २०७९ सालको धवल पुरस्कार प्रदान गरिएको हो । 

शर्मालाई सगरमाथा एक पहाडको नाम होइन कृतिका लागि र ढकाललाई दीर्घ साधनाका निम्ति पुरस्कार प्रदान गरिएको धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले बताउनुभयो । पुरस्कृत व्यक्तिहरूको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण उहाँहरूकै गृह परिसरमा गई पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । शर्मा र ढकाललाई नगद २५ हजार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । 

दुबै जनालााई प्रदेश सभा सदस्य वीरबहादुर रानाले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कृत शर्माले धवल पुस्तकालयलाई निरन्तर रुपमा चिनाउने प्रयास गरेको पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले बताउनुभयो । प्रा. डा. ढकाललाइ दीर्घसाधनाका लागि पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।