• २४ वैशाख २०८१, सोमबार

आगलागीबाट घर जलेर नष्ट

blog

इमान सिं राना

रामपुर (पाल्पा), वैशाख १२ गते । जिल्लाको निस्दी गाउँपालिका–२, पुरान्थरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार दिउँसो आगलागी हुँदा स्थानीय गणेश वि.क.को घर, गोठ र आरन घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

खरले छाएको घरमा दिउँसो साढे १ बजे आगलागी हुँदा घरसँगै रहेको गोठ र आरन घर समेत पूर्णरुपमा जलेको निस्दी गाउँपालिकाका कार्यपालिका सदस्य खुमी सरा पुलामीले जानकारी दिनुभयो । साथै आगोले लालबहादुर वि.क.को घरमा समेत आंशिक क्षति गरेको छ । घरभित्र रहेको अन्न, लत्ताकपडा र भाँडाकुडा सबै जलेर नष्ट भएको प्रहरी चौकी केलादीले जनाएको छ । आगलागी बाट नगद १० हजार सहित डेढलाख बढी क्षति भएको प्रहरीको अनुमान छ । 

आगो स्थानीयले साँझ ६ बजे मात्र नियन्त्रण लिएको निस्दी–२ का वडा अध्यक्ष फत्तेसिं दर्लामीले बताउनुभयो । आगोलागीबाट पीडित परिवारलाई तत्कालका लागि वडाले त्रिपाल र केही खाद्यान्न उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।