• २४ वैशाख २०८१, सोमबार

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १४ गते ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपाालिका वडा नम्बर ३ गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौंडाकोटबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल बिहीबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।

मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा गुल्मीदरबार गाउँपालिका वडा नम्बर– ४, भट्टेचौरका ३१ वर्षीय यमबहादुर सूर्यवंशी घाइते हुनुभएको छ । उहाँको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।