• ५ जेठ २०८१, शनिबार

भ्यान दुर्घटना हुँदा दुईजना घाइते

blog

दुर्घटना भएको भ्यान । तस्बिर : गणेश खनाल

गणेश खनाल
अर्घाखाँची, वैशाख २३ गते ।
 भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–२ कुरमा लु ३ त ४३५८ नम्बरको मारुती भ्यान आइतबार दुर्घटना  भएको हो ।

दुर्घटनामा दुईजना घाइते भएको प्रहरी प्रमुख प्रतीकसिंह राठौरले जानकारी दिनुभयो । भ्यान बुटवलबाट प्युठान जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।