• ८ जेठ २०८१, मङ्गलबार

एमाले कपिलवस्तु अध्यक्षमा खनाल

blog

अध्यक्षमा निर्वाचित हुनु भएका बाबुराम खनाल।

जानू पाण्डे

कपिलवस्तु वैशाख २८ गते । नेकपा (एमाले) कपिलवस्तुको १० अ‍ौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

खनालले २ सय ७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्ष पदमा शंकर पाण्डे १०८ मतान्तरले विजयी हुनुभयो । शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत प्राप्त गर्नुभयो । 

सचिव पदमा सिवि गहतराज ३०४ मत ल्याउँदा विश्व कार्कीले २१२ मत प्राप्त गर्नुभयो । गहतराज ९२ मत अन्तरले विजयी हुनुभयो । उपसचिवको खुलातर्फ  देविबहादुर पोख्रेलले १४७ मत र  महिलातर्फ शुसिला दर्लामिले ३३२ मत ल्याइ बिजयी हुनु भएको निर्वाचन अधिकृत हुननाथ पाण्डेले बताउनुभयो ।