• २९ वैशाख २०८१, शनिबार

गुल्मीमा मलामी बोकेको गाडी दुर्घटना, १२ जना घाइते

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १६ गते । गुल्मीमा मलामी बोकेको पिक अप गाडी दुर्घटना भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिकाको रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा पिक अप दुर्घटना हुँदा १२ जना घाइते र एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिवार राती करिब ११:५० को समयमा सत्यवती गाउँपालिका वडा नम्बर ४, मौरीओडारस्थित शाह घाट लिम्घाको भित्री सडक खण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बरको पिक अप गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार गुडिरहेको पिक अप गाडीको ब्रेक फेल भई सडकदेखि करिब ४० मिटर तल खस्न गई दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका थिए । घाइते सबैलाई जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा ल्याई उपचार गरिएको थियो ।

घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने चार जना घाइतेलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । पिक अप गाडी पूर्ण रुपमा क्षति भएको हुँदा घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।