• ३ जेठ २०८१, बिहिबार

महिला जनप्रतिनिधिलाई उद्घोषण सिकाउँदै खजुरा गाउँपालिका

blog

कमल खत्री
नेपालगन्ज, वैशाख १७ गते ।
खजुरा गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिहरुलाई सार्वजनिक रुपमा बोल्ने क्रममा आत्मविश्वासका बोल्न सिकाउनका लागि उद्घोषण तालिम गरेको छ ।

खजुरा गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले गरेको तालिममा पालिकाका जनप्रतिनिधि र अगुवा महिलाहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।

वैशाख १४ गतेदेखि सुरु भएको तालिम तिन दिनसम्म चलेको थियो ।  तालिमका सहभागिहरुलाई वरिष्ठ सञ्चारकर्मी ओवीराज आचार्यले मुख्य प्रशिक्षकको रुपमा सहजीकरण गर्नु भएको थियो ।

तालिममा सहभागि भएका महिलाहरुलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपाने लगायतले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

आगामी वर्षमा यो कार्यक्रमलाई अगाडि बढाउने अध्यक्ष विकले बताउनुभयो । बजेट निर्माणका क्रममा यस्ता कार्यक्रमलाई निरन्तरता पाउनका लागि महिला जनप्रतिनिधिले पनि सल्लाह र सुझाव दिन जरुरी रहेको अध्यक्ष विकले बताउनुभयो । समुदायमा पछाडी बढेको समुदायहरु, बर्गहरुको विकास गरेर मात्र सङ्घीयतालाई बलियो बनाउन सकिने भएकोले यस्ता तालिम महत्त्वपूर्ण हुने उहाँले बताउनु भयो ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले महिलाहरुमा क्षमता र आत्मविश्वासको कमीले गर्दा थुपैै्र अवसरबाट बञ्चित हुनु परेकोले यस्ता तालिम महिलाहरुको व्यक्तिगत विकासमा निकै महत्त्वपूर्ण हुने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘‘तालिममा सहभागिहरुले हुनु भएका महिला दिदीबहिनीहरुले पहिलो चोटी माईक समाउँदा पनि निर्धकका साथ आफनो परिचय दिँदै कार्यक्रम सञ्चालन भयो । अभ्यास गर्ने क्रममा कार्यक्रम सञ्चालन गरेको देख्दा म निकै खुसी भएको छु । यो ठुलो उपलब्धी हो । महिलाहरु नेतृत्व गर्नका लागि सक्षम छन् भन्ने मलाई लाग्छ । त्यसका लागि हामीले आफुलाई आत्मविश्वासका साथ हरेक क्षेत्रमा काम गर्ने हिम्मत गर्नु पर्छ ।’’