• ३० वैशाख २०८१, आइतबार

भनभनेमा तीन घरगोठ जलेर नष्ट

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १६ गते । गुल्मीको मदाने गाउँपालिका –७ भनभने वनमा लागेको आगो बस्तीतर्फ फैलिएर तीन वटा घरगोठ जलेर नष्ट भएको छ ।

आइतबार दिउँसो भनभनेस्थित दिपक माविनजिकको वनबाट फैलिएको आगो बस्तीतर्फ फैलिएपछि मानबहादुर जिसी र टोपबहादुर जिसीको तीन वटा घरगोठ जलेर नष्ट भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसारअनुसार आगलागी नियन्त्रणमा प्रहरी, जनप्रतिनिधि र सर्वसाधरण जुटे पनि थप दश घर उच्च जोखिमा छन् ।

इलाका प्रहरी कार्यालय पुर्कोट दहको प्रहरी टोली आगो नियन्त्रणमा खटेको र सदरमुकाम तम्घासबाट सशस्त्र प्रहरी टोली घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।