• २१ वैशाख २०८१, शुक्रबार

कटुवा पेस्तोलसहित तीन जना पक्राउ

blog

कटुवा पेस्तोलसहित पक्राउ परेका व्यक्तिहरू । तस्बिर सौजन्य: नेपाल प्रहरी

खजुरा, वैशाख ११ गते । बाँके प्रहरीले नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३, लोनियनपुरुवाबाट सोमबार एक थान कटुवा पेस्तोलसहित तीन जना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

कटुवा पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ का सदराम बागवान, सोही ठेगाना भएका साकिर अलि बागवान र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ का हुसेन बागवानलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । 

प्रनाउ डाँगीका अनुसार भे ६ प ४९०२ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार तीनै जनालाई शङ्का लागि चेकजाँच गर्दा हुसेन बागवानको साथबाट कटुवा पेस्तोल एक थान, उक्त पेस्तोलमा प्रयोग हुने 12KF96  लेखेको गोली एक थान र तीन थान मोबाइल समेत बरामद गरिएको हो ।

पक्राउ परेका तीनै जनाका बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको बाँके प्रहरीले जनाएको छ । 

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।