बाँकेको खजुरा गाउँपालिका वडा नं. २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका उन्नत जातका भारतीय मुर्रा राँगाबाट यो चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार बढी डोज जमेको वीर्य उत्पादन गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग नौ करोड रुपियाँभन्दा बढीको धान खरिद गरेको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्ममा रहेका स्थानीय प्रजातिका कुखुराको स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ बनघुस्राका ३३ वर्षीय युवा सुनिल वर्माले नेपालगन्जमा व्यावसायिक रूपमा अम्बा खेती सुरु गर्नुभएको छ ।
बाँकेका महिलाहरू पछिल्लो समयमा दुना टपरी उत्पादन गरी बिक्री गरेर आत्मनिर्भर बन्दै गएका छन् ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान अहिले इन्तु न चिन्तु बनेका छन् । बेमौसमी वर्षात्का कारण खेतमा राखेको लाखौँको आलुको बिउँ कुहिँदा त्यहाँका किसानहरू चिन्तित बनेका हुन् ।
परम्परागत सीप र प्रविधिको प्रयोगमा आधारित रहेर पुस्तौँदेखि सञ्चालन हुँदै आएका बाली घरे प्रथा ‘आरन पेसा’ पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेपछि प्युठानको एक वडा कार्यालय संरक्षणको प्रयासमा जुटेको छ ।
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिक स्थल बिजुली कोट । यहाँ हरेक दसैँको नवमीका दिनमा ठुलो मेला लाग्ने गर्दछ ।
बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ सिमल घारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनलाई खाने चितुवालाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको छ ।
परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन अहिले पहाडी ग्रामीण क्षेत्रमा समेत बिस्तारै हराउँदै गएको छ । वर्षौँ अघिदेखि तराइमा मात्र चलिआएको खेत जोत्ने प्रविधि पछिल्ला केही वर्षयता पहाडी ग्रामीण बस्तीमा समेत पुगेको हो ।
बाँके जिल्लामा गत आर्थिक वर्ष २०८०–०८१ मा झन्डै चार लाख क्यु फिट काठ उत्पादन भएको छ । गत आवमा जिल्लामा विभिन्न जातका तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको हो ।
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ ।
झट्ट सुन्दा पुरुष स्टाफ नर्स छन् भन्दा अझै पनि धेरैले अचम्म मान्छन् । नर्स भन्ने बित्तिकै सबैजसोले महिला स्वास्थ्यकर्मी नै भन्ने बुझ्छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मदुवाका १८ वर्षीय उमेश खत्री शारीरिक रूपमा अशक्त हुनुहुन्छ । उहाँको दुई वटै हातले कुनै पनि काम गर्न सक्दैन । खुट्टा पनि सामान्य अवस्थामा छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेले प्राचीन बुद्धको मूर्तिसहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ ।