• २० असोज २०८१, आइतबार

प्युठानको ऐतिहासिक बिजुलीकोट

blog

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिक स्थल बिजुली कोट । तस्बिर ः गजेन्द्र गुरुङ

खजुरा, असोज २० गते । प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिक स्थल बिजुली कोट । यहाँ हरेक दसैँको नवमीका दिनमा ठुलो मेला लाग्ने गर्दछ ।

यहाँस्थित खड्ग भगवती देवीसँग मनले मागेका सबै कुरा पूरा हुने जनविश्वास रहिआएको छ । नवमीका दिनमा दर्शनार्थीले भाकल गरी ल्याएका सयौँ बोका, दर्जनौँ राँगाको बलि चढाइने र परेवा उडाइने प्रचलन रहिआएको छ । मेला भर्नका लागि जिल्लाका विभिन्न स्थान, छिमेकी जिल्ला अर्घाखाँची, दाङ, कपिलवस्तुलगायतबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । 

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।