बाँकेमा नेपाल सरकारले किसानहरूलाई अनुदानमा विक्री वितरण गर्न दिएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको छ ।नेपाल सरकारद्वारा अनुदानमा किसानहरूलाई बिक्री वितरण गर्न दिइएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
ठाकुरसिंह थारु अहिले ४९ वर्ष पुग्नुभयो । साबिकको मैना पोखर गाविस वडा नं. ३, बढैया (हाल बढैया ताल गाउँपालिका वडा नं. ५ मा वि.सं. २०३१ साल भदौ १४ गते बुवा भिखु थारु र आमा सीता रानी थारुको कोखबाट उहाँको जन्म भएको थियो ।
नेपाल–भारत सीमा अन्तर्गत बाँके जिल्ला क्षेत्रमा पर्ने ७१ वटा सीमास्तम्भको मर्मतसम्भार तथा रङराेगन कार्य सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रङ्ग रोगन कार्य सम्पन्न भएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार ख्रीष्टमस डे र मङ्गलबार उँधौली पर्व-धान्य पूर्णिमाको अवसरमा दिइएको सार्वजनिक बिदाका दिनमा पनि जिल्लाका केही सरकारी कार्यालयहरूमा काम कारबाही भए नभएको बारेमा छड्के अनुगमन तथा निरीक्षण गरेको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याएको एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आउन नसक्दा खिया लाग्न सुरु भएको छ । अस्पतालले जिम्मा लिएको पाँच महिना बिती सक्दा पनि मेसिन अझै सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।
बाँकेको कोहलपुरमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ मा दुधौली स्पोट्र्स क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।
आजदेखि सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन खेल आज आयोजक र चर्च ब्वइजबिच हुने भएको छ । कोहलपुर २ स्थित तेह्र बिगाहमा आजदेखि कार्तिक २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
बाँकेका ३१ स्थान सुरक्षाका दृष्टिले संवेदनशील भएको प्रशासनले जनाएको छ । चाडपर्वलक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो जनाएको हो ।
जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि आतङ्क मच्चाउँदै आएको पाटे बाघ एक्कासि मृत अवस्थामा फेला परेको छ ।
बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भर्नुभयो ।
बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको उपचारका क्रममा मङ्गलवार मृत्यु भएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिनुभयो ।
बाँकेको डुडुवा गाउँपालिकाले सीपमूलक तालिममार्फत पालिकाभित्रका महिलाहरूलाई आत्मनिर्भरतर्फ उन्मुख बनाउँदै छ ।
बाँके जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० मा साढे तीन लाख क्यु फिटभन्दा बढी काठ उत्पादन भएको छ ।
बाँकेको डुडुवा गाउँपालिकास्थित एक सामुदायिक वनका पदाधिकारीले काठ तस्करसँग मिलेर काठ चोरी तथा तस्करी गरेको उपभोक्ताले आरोप लगाएका छन् ।