• १८ वैशाख २०८१, मङ्गलबार

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली

blog

सम्राट सिमेन्ट उद्योगलाई दिइएको विजुली काट्दै लमही शाखा प्रमुख युवराज रावत।

लीलाधर ओली

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६ करोड रुपियाँ विद्युत महसुल बुझाउन अनाकानी गरेपछि उद्योगमा जडान गरिएको विजुली काटिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिनुभएको छ। 

नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रअन्तर्गत रहेको सम्राट सिमेन्ट उद्योगको मंगलबारदेखि विजुली काटिएको हो। लमही वितरण केन्द्रका प्रमुख रावतका अनुसार नियमित बुझाउनुपर्ने ६ करोड बढी विद्युत महसुल उद्योगले गत माघ महिनादेखि बुझाएको छैन। 

नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख रावतले भन्नुभयो,‘उद्योगको ३६ करोड बढी विद्युत बक्यौता बुझाउन बाँकी रहेको छ। पुरानो बक्यौता विवादका कारण अदालतमा मुद्दा परेको र छानबिनको काम भइरहेको छ। तर उद्योग माघ महिनादेखि नियमित विद्युत महसुल बुझान अनाकानी गरेपछि बिजुली काटिएको छ।’

विद्युत काटिएपछि उद्योगका प्रतिनिधि सम्पर्कमा आएको र विद्युत महसुल बुझाउने भनेपनि नबुझाएको कार्यालय प्रमुख रावतले बताउनुभयो।