• १८ चैत २०८२, बुधबार

गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन

blog

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमनमा गृहमन्त्री सुधन गुरुङ ।तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौँ, चैत १८ गते । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन गर्नुभएको छ ।

मन्त्री गुरुङले बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।

उहाँले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । गृहमन्त्री गुरुङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराउनुभएको थियो ।