• १८ चैत २०८२, बुधबार

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

blog

सङ्घीय संसद् सचिवालयको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौँ, चैत १८ गते । सङ्घीय संसद् सचिवालयको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले (भोलि)  बिहीबार अपरान्ह २ बजेट सङ्घीय संसद् बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । 

बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरू सहभागी हुनुभएको छ । यसैगरी, कानुन, न्याय तथा सङ्घीय मामिलामन्त्री सोविता गौतम सहभागी हुनुहुन्छ । 


नयाँ संसदले सभामुख, उपसभामुख चयन गर्नुपर्ने छ । सङ्घीय संसद्‌को प्रतिनिधि सभामा २७५ जना सदस्य रहेका छन् । त्यस मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ३७ सिट, एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट ल्याएको छ । यी दलहरू नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरू हुन् । 

बिहीबार बोलाइएको बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा बुधबार (आज) सङ्घीय संसद् सचिवालयले सो बैठक बोलाएको हो । बैठकमा सरकारका प्रतिनिधिहरू पनि सहभागी भएका छन् ।