• २० वैशाख २०८१, बिहिबार

जडीबुटी प्रशोधन उद्योगमा आगलागी

blog

खजुरा (बाँके), वैशाख ६ गते । बाँकेको जानकी गाउँपालिका-६ पिपरहवास्थित राजेश जैनले सञ्चालन गरेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ । विद्युत चुहावट ‘सर्ट’ भएर भएको आगलागी दिउँसो नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । 

उहाँका अनुसार आगलागी घटनाको जानकारी आउनै बित्तिकै प्रहरीको टोली परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र बाँके र बर्दिया जिल्लाबाट मगाइएको जम्मा नौ वटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । उद्योगमा रहेको जडीबुटी, बोरालगायत सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ तर क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको छ । रासस