‘विकृतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समाजमा भएका विकृति विसङ्गतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पुलमा जान बाँसको सिँढी !
रुपन्देहीमा पुलको किनारामा ठड्याइएको बाँसको सिँढी भाँचिएको छ । उक्त सिँढीबाट उक्लिन र ओर्लिन कठिनाइ हुने गरेको छ ।
तम्घासमा क्रिकेट प्रतियोगिता हुँदै
तम्घासमा क्रिकेट प्रतियोगिता हुने भएको छ । पुल्चोक स्पोर्टस क्लबको आयोजनामा यही चैत २८ देखि वैशाख १ गतेसम्म ‘पुल्चोक लिग सिजन ३’ को अवसरमा क्रिकेट प्रतियोगिता हुन लागेको बताइएको छ ।
सिद्धार्थ केबुलकार सञ्चालनको तयारी
रुपन्देहीको बुटवलमा अर्को पनि केबुलकार सञ्चालन हुने भएको छ । एक महिनाभित्रै अर्को नयाँ केबुलकार ‘सिद्धार्थ केबुलकार’ सञ्चालन हुने भएको हो । यसअघि बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबुलकार ‘बुटवल हिल्स’ सञ्चालनमै छ । नयाँ वर्ष २०८१ को वैशाखदेखि सिद्धार्थ केबुलकार पनि सञ्चालन गर्ने तयारी अन्तिम चरणमा छ ।
चरन खोज्न लेकमा भेडीगोठाला
बागलुङको निसीखोला गाउँपालिका चेलबाङ्का २२ वर्षीय निशान्त पुन मगरले भेडाबाख्रा चराउन थालेको सात वर्ष भयो । भेडापालन उहाँको पुख्र्यौली पेसा हो । बुवा एक्लैले भेडापालन गर्न नसक्ने भएपछि ८ कक्षामा पढ्दै गर्दा उहाँले पढाइ छाड्नु प¥यो । अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहनुहुन्छ ।
टेलिकमको सेवा सुधार गर्न समन्वय आवश्यक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले आफ्नो सेवा सुधार गर्न सबै पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
जिप दुर्घटना हुँदा चार घाइते
पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको तानसेन १४, अर्गली नजिकै ना १ ज ७९५३ नम्बरको जिप शुक्रबार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
बाँकेमा गुरुकुल सञ्चालनको तयारी
बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल सञ्चालनका लागि भवन निर्माण कार्य सुरु गरिएको हो।
लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा महरा नियुक्त
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओबादी केन्द्र) प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
तानसेन नगरपालिकामा सरकारी सेवा (सुविधा लिने जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीले अनिवार्य सामुदायिक विद्यालयमा अध्ययन गर्ने भएका छन् ।
सीमावासीको गुनासो सुन्दै सशस्त्र प्रहरी बल
बाँकेमा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दाका समस्या र गुनासो सुन्न सीमा सहजीकरण समिति गठन गरेको छ ।
स्वास्थ्यकर्मीविहीन कपिलवस्तु कारागार
कारागार कार्यालय कपिलवस्तुमा स्वास्थयकर्मी नहुँदा कैदी बन्दीहरुलाई स्वास्थ्य परीक्षण गराउन समस्या भएको छ ।
सिद्धरत्ननाथ-देवीपाटन महायात्रा सुरु
नेपाल-भारत धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्र देवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० आजदेखि सुरु भएको छ ।
गुल्मीमा सहजै पुग्यो पाठ्यपुस्तक
यस वर्ष सहज रुपमा गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका पाठ्यपुस्तक पुगेको छ ।
लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउन बहुमत सदस्यको दाबी पेश
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत प्राप्त सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।
बजेट अभावले नरैनापुर अस्पताल भवनको निर्माण रोकियो
बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिकाका जनताको स्वास्थ्य सेवामा जिल्लामै सबैभन्दा कम पहुँच छ ।
नेपालगन्जमा पनि पठाओको सेवा
राइड सेयरिङ कम्पनी ‘पठाओ’ ले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ । पठाओ नेपालका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यातले मुलुकभर सेवा विस्तार गर्ने नीति अनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहर विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुने छ । मधेश प्रदेशको वीरगन्ज र जनकपुरमा पनि सेवा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
डेढ दशकदेखि क्याम्पसको पैँतिस बिघा जग्गा कब्जामा
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ३५ बिघा जग्गा विगत डेढ दशकदेखि सुकुमवासी तथा भूमिहीनको नाममा कब्जामा छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको क्याम्पसको करिब ८३ बिघा जग्गामध्ये देउखुरीमा रहेको ३५ बिघा जग्गा विगत १५ वर्षदेखि सुकुमवासी तथा भूमिहीनको नाममा कब्जामा परेको हो ।
अस्पतालद्वारा शैक्षिक संस्थालक्षित स्वास्थ्य उपचार योजना
बाँकेको कोहलपुर–११ स्थित कौसिल्या अस्पताल प्रालिले शैक्षिक संस्थालक्षित नयाँ उपचार योजना ल्याएको छ । सेवा क्षेत्रमा रहेका विद्यालय, विद्यार्थी र अभिभावकलाई लक्षित गरेर नयाँ उपचार ल्याएको हो ।
मर्पेस गाउँ
दाङको बङ्लाचुली गाउँपालिका–२ स्थित पहाडी गाउँ मर्पेस । दुई सय घरधुरी रहेको यस गाउँमा दलित, जनजाति, ठकुरी र क्षेत्रीको बसोबास रहेको छ ।
घाँसको बीउ उत्पादनमा घट्दै कृषकको आकर्षण
बाँकेमा घाँसको बीउ उत्पादन गर्ने किसानहरूले बिस्तारै यो पेसा छोड्दै गएको देखिएको छ । वर्षौंदेखि व्यावसायिक रूपमा घाँसको बीउ उत्पादन गर्दैआएका किसानहरूको पछिल्लो समय यो पेसाप्रति आकर्षण घट्दैगएको पाइएको हो ।
बोलेरो जिप दुर्घटना, चार घाइते
जिल्लाको भूमिकास्थानमा गच्छे भालुवाङ बाटो अन्तर्गत रातामाटामा पिकअप बलेरो दुर्घटना भएको छ ।
कपिलवस्तुको सिकोटवामा फैलियो झाडापखाला
कपिलवस्तुको कपिलवस्तु नगरपालिका ३ सिकोटवा गाउँमा झाडापखाला फैलिएको छ । दुई तीन दिन यता सिकोटवा गाउँको केही परिवारमा झाडापखाला देखिएको हो ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजानीमा दिनुभएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिनुभएको हो ।