महावीरको आत्मकथा गुल्मीमा ११ सयभन्दा बढी बिक्री
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनले गुल्मीमा ११ सयभन्दा बढी पुस्तक बिक्री गर्नुभएको छ । आफ्नै सम्झना, सपना र अविरल यात्रा समेटिएको ‘महावीर पुन’ नामक आत्मकथा पुस्तक लिएर गत बिहीबार यस जिल्लामा प्रवेश गर्नुभएका उहाँले ११ सय ५० पुस्तक बिक्री गर्नुभएको हो ।
दुई परीक्षा निरीक्षक निष्कासित
बाँकेको एक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीलाई चिट चोर्न सघाउने दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ ।
कनकमुनि बगैँचाको भएन संरक्षण
कपिलवस्तुको अरौराकोटनजिकै कनकमुनि बुद्धको प्रतिमासहितको बगैँचा संरक्षणको पर्खाइमा रहेको छ । निर्माण गरिएको मूर्तिसहितको बगैँचा संरक्षण नहुँदा अलपत्र अवस्थामा रहेको छ । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरपूर्वमा उक्त मूर्ति अनावरण गरिएको थियो ।
दूरबिन विधिबाट शल्यक्रिया
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक आन्द्रामा प्वाल परेको रोगको बिरामीको दूरबिन विधिबाट शल्यक्रिया गरिएको छ । भेरी अस्पतालमा पहिलो पटक दूरबिन विधिबाट आन्द्रामा प्वाल परेको रोगका बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । त्यसै गरी जन्मजात पित्तको नली सुन्निएका बिरामीको पनि पहिलो पटक शरीर चिरेर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा. कृष्णमोहन अधिकारीले आन्द्रामा प्वाल परेका बाँकेका ४० वर्षीय शान्तराम केवटको पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालमा आन्द्रामा प्वाल परेका बिरामीको शरीर चिरेर शल्यक्रिया गरिँदै आएकामा केवटको भने पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरी उपचार गरिएको उहाँको भनाइ छ ।
नक्कली औषधी बिक्रेता कारागार चलान
जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा गत फागुन २४ गते सरोकारवाला निकायको सहभागितामा बजार अनुगमनका क्रममा फेला परेका बाँकेका एक नक्कली औषधी बिक्रेतालाई अदालतले कारागार चलान गरेको छ ।
क्यान्सर अस्पताल खजुरामा आगलागी
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ।
घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।
गुल्मीमा तीन वटा शव भेटिए
गुल्मीममा डुबेको अवस्थामा तीन वटा शव भेटिएका छन्। एक खोल्सामा र दुई शव बडिगाड खोलामा डुबेको अवस्थामा भेटिएका हुन्।
स्वास्थ्य स्वयंसेविकालाई प्रदेश सरकारकाे सम्मान
६० वर्ष उमेर पूरा भई सेवाबाट बिदाइ हुने महिला स्वास्थ्य स्वयंसेवकलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सम्मान गर्नुभएको छ ।
घाँटी रेटिएको अवस्थामा पुरुष मृत फेला
बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-२१ बिर्तामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
घुससहित वडाध्यक्ष पक्राउ
कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ का अध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।
मानव अधिकार उल्लङ्घनकाे घटनामा दुई हजार ८३ जना पीडित
लुम्बिनी प्रदेशमा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा दुई हजार ८३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
सासूआमाको स्मृतिमा अक्षयकोष
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –९ श्री मावि इमिलियामा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा अध्यापन गराउँदै आउनुभएका महिला शिक्षकले सासूआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
कोहलपुर नगर अस्पतालबाटै विशेषज्ञ सेवा
बाँकेको कोहलपुर नगरपालिकाले नगर अस्पतालबाटै अब विशेषज्ञ सेवा दिने भएको छ ।
'खेल क्षेत्रको विकासको लागि सरकार सकारात्मक छ'
नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
क्रसर उद्योग : छोएन करको दायरा र मापदण्डले
दाङका क्रसर उद्योग राज्यले तोकेको मापदण्ड र करको दायरामा आउन सकेका छैनन् । सरकारले क्रसर उद्योग सञ्चालनलाई व्यवस्थित गर्न गत भदौमा नयाँ मापदण्डसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन गर्न भने पनि जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका उद्योग नयाँ मापदण्ड अनुसार दर्ता प्रक्रियामा आउन सकेका छैनन् । सरकारले बनाएको नयाँ मापदण्डमा नआएका उद्योगले नियमित करसमेत तिर्ने गरेका छैनन् । नीति नियम पालना नगर्ने, खोलाकै क्षेत्रमा उद्योग सञ्चालन गर्ने र सोही खोलाबाटै नदीजन्य पदार्थ अनधिकृत रूपमा उत्खनन गरेका क्रसर उद्योगलाई अनुगमन गर्न थालिएको छ । जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले यस्तो जानकारी दिनुभएको हो ।
रुख ढलेर च्यापिँदा पाल्पामा एक जनाको मृत्यु
पाल्पामा हावाहुरीले रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु भएको छ । तानसेन डुम्रेस्थित जरे पिपल नजिकै शनिवार बेलुकी सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक तानसेन–५, कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गठबन्धनले पार्टीभित्र आत्मविश्वास कमजोर : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनका कारण पार्टीभित्र आत्मविश्वास कमजोर बन्दै गएको बताउनुभएको छ ।
बाँके फुटबलमा यु–१३ छनोटको उत्साह
बाँके जिल्ला फुटबल सङ्घले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीको सहभागिता देखिएको छ ।
आत्मनिर्भर बन्दै खजुराका किसान
बाँकेका स्थानीय तहले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् ।
दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्र सञ्चालन
नेपालगञ्ज उपमहानगरपालिका-२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ ।
किसानलाई प्राविधिक ज्ञान सिकाइँदै
दाङको तुलसीपुर उपमहानगरपालिका-१२ का किसानलाई प्राविधिक ज्ञान दिन थालिएको छ । प्राविधिक ज्ञानबिना किसानले उत्पादन वृद्धि गर्न तथा विभिन्न समस्या आउँदा समाधान गर्न नसक्ने भन्दै वडाले उक्त ज्ञान प्रदान गर्न थालेको हो ।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा २० लाख पुरस्कार
लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा चैत २४ गते दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ ।