• १२ साउन २०८१, शनिबार

घाँटी रेटिएको अवस्थामा पुरुष मृत फेला

blog

घाँटी रेटेर हत्या गरिएको अवस्थामा खाँको शव फेला परेको स्थल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १८ गते । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-२१ बिर्तामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय २०-२२ वर्षीय युवक अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सडक छेउको खेतमा आइतबार शव फेला परेको हो ।

घाँटीमा हतियार प्रहार गरेर घाँटी रेटेर खाँको हत्या गरिएको देखिएको डिएसपी डाँगीले बताउनुभयो । उहाँले खाँको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको जनाउँदै घट्ना बारे तालिम प्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान थालिएको बताउनुभयो । 

घटना रातीको भएपनि प्रहरीले घटनाबारे आइतबार दिनमा मात्रै थाहा पाएको थियो । मृतक अरबी खाँ पूर्व वडाध्यक्ष रञ्जित खाँका नाति भएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले खाँको मोबाइल र उनका साथीहरूसँग सोधपुछ गरेर हत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।