कपिल ज्ञवाली
सिद्धार्थनगर, असार १६ गते । बुटवल १२ स्थित नयाँगाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जिपिए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपियाँसहित सम्मान गरेको छ ।
विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई सम्मान गरेको हो ।
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले खुशीयाली साट्दै विद्यालय परिसरदेखि नयाँगाउँ, बेल्बास र ढवाहक्षेत्रमा परिक्रमा गराइएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताउनुभयो ।
बुटवल पश्चिमको विद्यालयले चार जिीपिए ल्याएकोमा सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको बताउँदै यसमा शिक्षक, विद्यार्थी र अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।
उहाँले नयाँगाउँ शिक्षाको हवका रुपमा विकास हुँदै गएको बताउनुभयो । उहाँका अनुसार विगत तीन वर्षयता विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले चार जीपीएका साथ एसइई उतीर्ण गरिहरेका छन् ।
सम्मान कार्यक्रममा विद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल, सल्लाकार डिआर घिमिरे लगायतले बोल्नुहुँदै गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभया । विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षा दिन थालेपछि नयाँगाउँ क्षेत्रका अभिभावकहरुले त्यही अध्ययन गराउन थालेको सहायक प्रधानाध्यापक विष्णुप्रसाद काफ्लेले बताउनुभयो । कक्षा नर्सरीदेखि १२ सम्म अध्ययन हुने माविमा १५ सय विद्यार्थी अध्ययनरत रहेको शिक्षक रामप्रसाद बन्जाडेले जानकारी दिनुभयो । यो वर्ष १५८ विद्यार्थीले परीक्षा दिएको विद्यालयका प्रशासन शाखाका प्रकाश भट्टराईले जानकारी दिनुभयो ।