काठमाडौं, असार १६ गते । आयोजक काभ्रेस्थली तेक्वान्दो डोजाङ पाँचौँ तार्केश्वर काठमाडौँ जिल्ला स्तरीय मेयर तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
काभ्रेस्थलीले १७ स्वर्ण, नौ रजत र १६ कांस्य जित्दै च्याम्पियन बनेको हो । यस्तै नागर्जुन भ्याली स्कुल १५ स्वर्ण, दुई रजत र आठ कांस्य पदकसहित दोस्रो भयो ।
बालबालिका स्कुल ११ स्वर्ण, आठ रजत र १० कांस्यसाथ तेस्रो भएको काठमाडौंँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीले जानकारी दिनुभयो ।