सञ्चालनमा आयो नेपालगन्जको पौडी पोखरी
गर्मी मौसम सुरु हुने बित्तिकै नेपालगन्ज लगायत तराईका जिल्लाहरूको जनजीवन प्रभावित हुने गर्दछ । नेपालगन्जमा गर्मी बढ्न सुरु भएसँगै सरकारी स्तरबाट निर्माण गरिएको पौडी पोखरी सञ्चालनमा आएको छ ।
आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ
कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल
नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।
होलीमा नियमविपरीत चल्ने ७१ सवारी कारबाहीमा
दाङमा होली पर्वका अवसरमा सोमवार ट्राफिक नियमविपरीत चल्ने सवारी साधन कारबाहीमा परेका छन् ।
'प्रथम दलित ज्ञान उत्सव' हुने
रुपन्देहीको तिलोत्तमामा प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा चैत १४, १५ र १६ गते तीन दिन दलित ज्ञान उत्सव हुने भएको हो ।
२२ सहकारीको खारेजी पक्रिया सुरु
बाँकेको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।
होलीलाई लक्षित गरी चेकजाँचमा कडाइ
बाँकेमा होली पर्वलाई शान्तिपूर्ण एवम् मर्यादित रुपमा सम्पन्न गर्न प्रहरीले जेकजाँचमा कडाइ गरेको छ । सो क्रममा जिल्लाको नेपालगन्ज, कोहलपुरलगायत जमुनाहा–कोहलपुर राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र नेपालगन्ज–गुलरिया सडक खण्डमा चेकजाँचमा कडाइ पारिएको छ ।
सात महिनामा थपिए ५३९ क्षयरोगी
स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका एवं अन्य संस्थाको समन्वयमा आइतबार नेपालगन्जमा विभिन्न कार्यक्रम गरेर क्षयरोग दिवस मनाइएको छ । जिल्लामा क्षयरोगीका सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको पाइएको जनाउँदै त्यसबारे गम्भीर चिन्ता प्रकट गरिएको छ ।
बेलहियामा आइसिपी निर्माण तीव्र
रुपन्देहीको बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माणको कामले गति लिएको छ । वर्षौंसम्म रोकिएको काम गत वर्ष भारतले जमिन हस्तान्तरण गरेसँगै कामले तीव्रता पाएको हो । सन् २००५ मा नेपाल र भारतबिच आइसिपी निर्माणका लागि सहमति भए पनि जग्गा अधिग्रहण तथा हस्तान्तरणमा भारतका तर्फबाट १८ वर्ष ढिला भएको हो । सम्झौता अनुसार भारत सरकारको एक अर्ब ६१ करोड ७६ लाख भारतीय रुपियाँ लगानी रहेको आइसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
हजारबाट सुरु गरेको नर्सरी व्यवसाय करोडमा
एक हजार रुपियाँबाट सुरु गरेको व्यवसाय करोडमा पुग्यो भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो । कोहलपुर नगरपालिका–३, मैटहवाकी राजरानी थारूले कोहलपुरकै एक एग्रोभेटबाट पाँच सय रुपियाँको तरकारीको बिउ र पाँच सय रुपियाँको मलिलो माटो तथा पोली ब्याग खरिद गरेर सुरु गरेको नर्सरी व्यवसाय अहिले एक करोडमा पुगेको छ ।
रोकिएन भारतीय माछाको अवैध आयात
भारतीय बैखी माछाको अवैध आयात नियन्त्रण नहुँदा नेपाली माछा किसान मारमा परेका छन् । नेपाल भारत खुला सीमावर्ती क्षेत्रको बाटो हुँदै अवैध रूपमा भारतीय बैखी माछा निर्बाध रूपमा नेपाली सीमावर्ती बजारमा बिक्रीवितरण हुँदै आएको छ । भारतीय माछा नेपाली बजारमा बिक्री हुँदा नेपाली माछा किसानलाई मर्का परेको माछा किसानको गुनासो छ । दुई महिनाअघि इलाका प्रहरी कार्यालय बुटवलले नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरे पनि तीन दिनअघि समेत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनी क्षेत्रीबाट बैखी माछा बरामद गरी नष्ट गरेको छ ।
उद्योग वाणिज्य सङ्घलाई मैत्रीपूर्ण फुटबल उपाधि
‘भ्रष्टचारविरुद्ध मेरो १ गोल’ नारासहित गत चैत्र ७ गतेदेखि नेपालगन्जमा जारी विभिन्न पेशाकर्मीहरु बिचको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको ट्रफी नेपालगन्ज उद्योग वाणिज्य सङ्घले उचालेको छ ।
नेपालगन्जमा होली मिलन कार्यक्रम
नेपालगन्जमा विभिन्न संघसंस्थाले होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेर होली मनाइरहेका छन्।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
दाङमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
लुम्बिनी भ्रमण गर्न अब अनलाइन टिकट लिन सकिने
गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न अबदेखि अनलाइन टिकट लिन सकिने व्यवस्था मिलाइएको छ । लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शनिबार शुभारम्भ गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुलाई दृष्टिगत गरी तयार पारिएको अनलाइन टिकेटिङ प्रणाली शुभारम्भ गर्नुभयो ।
मालागेडीले मालामाल
दाङको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटनिवासी कौशिला वलीले यो वर्ष तीन क्विन्टलभन्दा बढी सुगन्ध कोकिला अर्थात् मालागेडी बिक्री गरेर डेढ लाख रुपियाँभन्दा बढी आम्दानी गर्नुभएको छ । मौसमले साथ दिएर रुखमा राम्रो फल लागेपछि एक लाख ७० हजार रुपियाँभन्दा बढी सुगन्ध कोकिलाको फल बिक्री भएको वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षको तुलनामा यस वर्ष राम्रो फल लाग्दा आम्दानी पनि सन्तोषजनक भएको छ ।” उहाँले करिब पाँच कठ्ठा जग्गामा मालागेडीको बिरुवा लगाउनुभएको छ । अन्य कृषि उब्जनी खासै नहुने यस क्षेत्रमा सुगन्ध कोकिलै प्रमुख आम्दानीको स्रोत बन्दै गएको उहाँको भनाइ छ ।
दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु
मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाती कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ।
पुलको लम्बाई बढाउन माग
बाँकेको दुई गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने राप्ती नदीको सिधनिया घाटमा निर्माण सुरु गरिएको पुलको लम्बाई बढाउन माग गरिएको छ।
पूर्व मुख्यमन्त्रीको टोलीद्वारा सडक निरीक्षण
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीको टोलीले बेलबास-बेथरी-मर्चवार-खैराघाट सडकअन्तर्गत गुरवनिया–मर्यादपुर सडक खण्ड निर्माण कार्यको निरीक्षण गरेको छ ।
इच्छा विपरीत रङ्ग नदल्न प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय गुल्मीले फागु अर्थात् होली पर्वमा कसैको इच्छा विपरीत रङ्ग नदल्न अनुरोध गरेको छ । आइतबार पहाडी जिल्ला तथा उपत्यकाका जिल्ला र सोमबार तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।
विश्व शान्ति सम्मेलनको सन्देश: बुद्धको शिक्षा नै कूटनीतिक शक्ति
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कूटनीतिक शक्तिका रूपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ ।
देवदह–माथागढी नवनिर्मित पदमार्ग उद्घाटन
रुपन्देहीको देवदहबाट पाल्पाको माथागढी जोड्ने पदमार्ग निर्माण गरिएको छ । पहिलो चरणमा नेपाली सेनाले देवदह–माथागढी जोड्ने पदमार्ग अन्तर्गतको ११७ मिटर दूरीमा सिँढी र रेलिङ निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो ।
तीन ट्राभल एजेन्सी कारबाहीमा
रुपन्देहीको भैरहवामा दर्ताबिनै सञ्चालनमा रहेका ट्राभल एजेन्सीहरूलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा इजाजतपत्र विना सञ्चालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही गरिएको हो ।
तीन हजार बढी मुस्लिमद्वारा सामूहिक रोजा इफ्तार
मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपालगन्जमा तीन हजार बढी जनाले एकै ठाउँमा सामूहिक रोजा इफ्तार गरेका छन् ।